काठमाण्डौ । जय मातृभूमि पार्टीका अविन मेन्याङबो काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन।
आगामीफागुन २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट युवा नेता एवं जेनजी २.० अभियानका प्रवक्ता उनले काठमाडौँ क्षेत्र न. ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका अविन मेन्याङबो युवाको आवाज, अधिकार र सहभागितालाई राष्ट्रिय वहसको केन्द्रमा ल्याउन निरन्तर प्रयासरत छन् ।
सामाजिक न्याय, लोकतान्त्रिक मुल्य, पारदर्शिता र उत्तरदायी शासनप्रति गहिरो विश्वास राख्ने मेन्याङबो युवा पुस्ताको सोंच, भावना र अपेक्षालाई संस्थागत रुपमा अभिव्यक्त गर्ने सशक्त पात्रको रुपमा परिचित छन् ।
उनले युवामा बढ्दो निरासा, बेरोजगारी, अवसरको अभाव र राज्यप्रणालीप्रतिको अविश्वासलाई चुनौतिको रुपमा लिदै नयाँ सोंच, नयाँ शैली र प्रविधिमैत्री राजनीतिक पक्षमा स्पष्ट धारण राख्दै आएका छन् ।










