श्रीराम रानाभाट। आफू मिठो बोल्छु भन्छु ,वचन पर्छ मलाई,
तिनै वचन दोहोर्याइ दिँदा ,ऐठन पर्छ मलाई,

राम्रो देखिने मान्छेहरु होइन क्या महोदय,
राम्रोसँग कुरा बुझ्ने, मान्छे मनपर्छ मलाई ।
यी १० वटा संकेत भएका व्यक्ति जो बाहिरबाट हेर्दा राम्रा सुकिला मुकिला देखिन्छन् । सुनको जलप लगाएका जस्ता तर भित्र खिया लागेका व्यक्तिहरूको जस्तो चरित्र हुन्छ । हामी प्राय मानिसहरूलाई उनीहरूको उपस्थितिमाथि निर्णय (judge) गर्ने गर्छौं तर कहिलेकाहीँ सतहमा राम्रो लाग्ने मान्छेहरु भित्रबाट सडेका पनि हुनसक्छन्….
१) सधैँको बेइमानी-(they are consistently insincere ): इमान्दारीता भनेको साँचो र इमान्दार हुनु नै हो । हामी सबैलाई थाहा छ कि कार्यहरू शब्दहरूभन्दा ठूलो स्वरले बोल्छन् तर केही अवस्थामा शब्दहरूले पनि बताउन सक्छन् उनीहरुका कार्यहरू, उनीहरूका शब्दसँग मेल खाँदैनन् । उनीहरुले गर्ने प्रशंसा पालिस लगाएको जस्तो देखिन्छ भने यो एक संकेत हो कि उनीहरुले केही लुकाइरहेका छन् या तपाईलाई हेरफेर गर्न खोज्दैछन् ।
२)कहिल्यै जिम्मेवारी लिँदैनन् :-they never take responsibility यदी तपाईँ कसैलाई लगातार जिम्मेवारीबाट जोगिईरहेको ,भागिरहेको देख्नुभयो भने सम्झनुस् तिनीहरू देख्दा जति राम्रो देखिन्छन् त्यति राम्रा छैनन् ।
३)क्रोध र दुश्मनी राखिरहनु :-growing anger and revengeक्षमा एक असल व्यक्तिको अभिन्न अङ्ग हो । तैपनि केही मान्छेहरूलाई विगतका सम्झनाहरू पन्छाएर अगाडि बढ्न गाह्रो हुन्छ । रिस र दुश्मनी राख्ने व्यक्ति क्षमा दिन असमर्थ भएको व्यक्ति साबित हुन्छ । यो पनि थाहा भएकै कुरा हो । रिस र आक्रोशलाई पक्री रहनु स्वास्थ्यका लागि हानिकारक छ, यसले तनाव उच्च रक्तचाप,कमजोर प्रतिरक्षा प्रणाली निम्त्याउन सक्छ अर्थात् सधैँ रिसलाई समातिरहेको छ भने त्यो पनि एक सङ्केत हो । ऊ बाहिर राम्रो देखिएला तर भित्र खाटो छ ।
४)सधैंको पीडित:-they are always विच्तिम दुःख,पीडा,समस्या,धोका बेइमानी हामी सबैको जीवनमा आउँछ । सबैसँग कठिनाइहरूको आफ्नो हिस्सा छ । तर यदि कोही हरेक परिस्थितिमा सिकार भएको जस्तो देखिन्छ, सधैं आफूलाई एक पीडितका रुपमा चित्रण गरेको देखिन्छ भने उ पनि राम्रो व्यक्ति अवश्य होइन । साँचो मानिसले परिस्थितिमा आफ्नो भूमिकालाई बुझ्न सक्छन् र लगातार अरुलाई दोष दिँदैनन् ।
५) कुरा कटौतेहरु :-the frequently gossip कुरौटे बारम्बार ब्ला ब्ला गरिरहनु । अरुको दुर्भाग्यका बारेमा आनन्द लिन चाहने मान्छे । दोस्रो मान्छे पाएपछि तेस्रो चौथो या अन्य व्यक्तिको विषयमा चासो खाँचो राख्ने व्यक्ति छ भने सम्झनुस् बाहिर बाहिर चाँदी झैँ भित्र ला…..दी झैँ । यस्ता व्यक्तिहरूप्रति पनि लपक्कै नहुनुहोस् ।
६) सहानुभूतिको कमी:-lack of empathy सहानुभूति भनेको अरुको भावना बुझ्ने र बाँड्ने क्षमता हो । यो राम्रा व्यक्तिहरूको आधारभूत गुण हो । तर कहिलेकाहीँ सतहमा राम्रो लाग्न मान्छेहरुमा यो आवश्यक गुणको अभाव छ भने व्यक्तिमा सहानुभूतिको कमी हुन्छ । उनीहरु अरुको दृष्टिकोणबाट कुराहरु हेर्दैनन् । हरेक असल व्यक्तिको हृदयमा सहानुभूतिको गहिरो भावना हुन्छ । जसले हामीलाई अर्थपूर्ण स्तरमा अरुसँग जोडिने अनुमति दिन्छ । बाहिर विचरा भनेर भित्री रुपमा सहानुभूति देखाउन नसक्ने व्यक्ति राम्रो व्यक्तिको सूचीमा पर्दैनन् ।
७) अरुको सफलतामा खुसी नहुने व्यक्ति hey are never happy for othersअरुको सफलतामा उत्सव मनाउनु असल व्यक्तिको संकेत हो तथापि सबैले अरुका लागि साँचो आनन्द र महसुस गर्न सक्दैनन् । बरु शक Shock हुन्छन् कसरी गर्यो….? लौ बर्बाद भयो ! भन्ने भाव प्रकट गर्छन् भने सम्झनुस् उनीहरु देख्दा हुरुक्क रुन्छन धुरुक्क ।
८) साह्रै राम्रा मान्छे :-so nice people कहिलेकाहीँ धेरै राम्रो हुनु रातो झण्डा देखिनु बराबर हो । सधैं असाध्यै राम्रो देखिने मान्छेले केही न केही लुकाएका हुन्छन् । आफ्नो साँचो भावना,चाहना या मनसाय ढाकछोप गर्न आफ्नो सुन्दरतालाई मुखौटाका रुपमा प्रयोग गरिरहेका हुन सक्छन् । राम्रो मान्छेहरुले नै नराम्रो सर्प्राइज दिने गरेका हुन्छन् त्यसैले धेरै नै राम्रा देखिने मान्छे नराम्रा हुन सक्छन् ।
९) तिरस्कार गर्ने व्यक्ति: -they ignore youयदी कोही तपाईंका भावनाहरू तिरस्कार गर्छन् । हामी सबै सुनाउन र प्रमाणित गर्न गराउन चाहन्छौं तर यदि कसैले तपाईंको भावनालाई लगातार अस्वीकार गर्छ भने यो संकेत हो उनीहरू राम्रा मान्छे होइनन् । कसैको भावनालाई व्यवस्था गर्नु अनादरको संकेत हो । यदि तपाईं आफ्नो भावना कसैलाई व्यक्त गर्नुहुन्छ र तिनीहरूले यसलाई ब्रस गर्छन् भने तिनीहरु भित्री रुपमा राम्रा हुँदैनन्।
१०) परिधि नाघ्नु:-they do not respect बोउन्दारिएस बाहिर राम्रो भित्र सिमसिमे देखिने मान्छेहरू सीमा परिधिको सम्मान गर्दैनन् । यदि कसैले तपाईँको व्यक्तिगत स्थानको सम्मान गर्दैन या तपाईंको सहमति बिना तपाईँलाई तपाईँको सान्त्वना क्षेत्रभन्दा बाहिर धकेल्छ भने, यदि तपाईँका सीमाहरूको आधार गर्दैन भने ,यहाँको भावनाको कदर गर्दैन भने यो निश्चित रुपमा राम्रो मान्छेको विशेषता होइन ।
यो कसैलाई जज( judge)गर्नु भनेको होइन । राम्रो र नराम्रो मान्छे छुट्याउने तरिका सिक्नु हो । जुन अति महत्वपूर्ण छ मान्छे चिन्नुस् सामान किन्नुस् ।










