“मेरो मुटुको स्वर्ग – प्रेमको आभास ”
प्रकृतिको काखमा जन्मेकी मेरी मुटुकी रानी,
हरियाली ले सिँगारेको छ उनको सोच र बानी।
जुन माटोले हुर्कायो त्यो अद्भुत प्रतिभा,
त्यही जन्मस्थल जस्तै सुन्दर छ उनको कहानी।

डाँडा–पाखा, गाउँघर मिसिएको त्यो शान्त बस्ती,
मानौँ धर्ती मै झरेको स्वर्गको सानो अंश जस्ती।
वनजंगलको छेउछाउ, आफ्नै बारीमा तोरी फुलेको सृष्टि ।
त्यही माटोले जन्माइन् मेरी मुटुकी अमूल्य दृष्टि।
बिहानीको कुहिरोसँग सपनाहरू खेल्छन्,
खोलाको कलकलमा जीवनका गीत बोल्छन्।
स्वर्ग खोज्न टाढा जानु पर्दैन कहिल्यै,
उनको जन्मथलोमै स्वर्गका अर्थ खोल्छन्।
-प्रेम जैरु (राममणी)










