केशु विरही । इरान राई (२०२५) नेपाली साहित्यमा एउटा परिचित नाम हो । २०४६ सालमा ‘फुल्दैमा फूलहरू’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेका इरान राई कविता, गजल, गीत, नाटक, हाइकु, कथा, निबन्ध आदि विधामा कलम चलाउँछन् । यिनका विभिन्न विधाका एकल र संयुक्त गरेर १४ ओटा कृति प्रकाशित भएका छन् । यसमा उनका ९ ओटा एकल, एउटा सम्पादन, एउटा फरक विषयको र ३ ओटा संयुक्त कृति प्रकाशित भएका देखिन्छन् । त्यसैगरी उनका एकाङ्की र पूर्णाङ्की गरेर एक दर्जनजति नाटक मञ्चन भएका देखिन्छन् । जसमा उनले चारओटा नाटक आफैँ लेखेकका छन् भने १० ओटा नाटकको निर्देशन तथा ३ ओटा नाटककमा उनले अभिनयसमेत गरेका छन् ।
प्रयोगवादलाई आत्मसात गर्न रुचाउने उनको २०६० सालमा ‘झन्डा’ कवितासङ्ग्रह बाहिर आएको थियो । झन्डाकै आकारमा प्रकाशित यो कविताकृति एउटा प्रयोगवादी सिर्जनाको नमुना थियो । त्यस्तै २०७७ सालमा प्रकाशित ‘लिम्पियाधुरा’ (हाइकुसङ्ग्रह) पनि एउटा प्रयोगशील कृति हो । यसलाई लेखकले विश्वकै सानो आकारको कृति भएको दावी गरे पनि त्यो प्रामाणिक भने हुन सकेको देखिँदैन । त्यस्तै २०८२ सालमा प्रकाशित ‘चुडेल्नी’ कथासङ्ग्रह पनि एउटा प्रयोगवादलाई आत्मसात गरेको कृति नै हो ।
यस कृतिमा विभिन्न १० ओटा कथा रहेका छन् । यसमा सङ्गृहीत चौथो कथा हो ‘डाइनी । राजनीतिक व्यक्तिसमेत रहेका राईको यस कथालाई विधा तŒवका आधारमा यहाँ विवेचना गरिएको छ ।

कथानक :
यो कथा परिवेशको चित्रणबाट सुरु भएको छ । अनारकलीको स्वास्थ्यमा गडबडी हुन्छ । उपचारका लागि ऊ घरदेखि पाँच किलोमिटर दुरीमा रहेको अस्पताल जाँदै हुन्छे । बाटामा उसले एउटा फरक आकृति देख्छे । त्यो आकृति आफूतिर आइरहेको हुन्छ । त्यो आकृति एउटी महिलाको हुन्छ ।
फरक खाले आकृति देख्नसाथ छोरो पनि डराउँछ । अनारकलीले छोरालाई अस्पताल नजाऔँ, घर फिरौँ भन्छे । छोरोले उपचारको कुरा गर्छ तर आमाले भने आफू फिटकिरी पानीमा घोलेर खाने कुरा गर्छे । नभन्दै ऊ घर फर्किन्छे । तर भोलिपल्ट उसको शरीरमा पानी र सुगरको अभावका कारण मृत्यु हुन्छ । आमाको मृत्यु भएपछि नाबालक छोरो बेसाहारा बन्न पुग्छ ।
बाढी घरिभित्र पसेर दलेको सबै अन्नपात नष्ट पारिदिएको प्रसङ्ग आउँछ । बाढी घरिभित्र पसेर अन्नपात सबै नास गरिदिएपछि दलेकी दुई जिउकी श्रीमतीको बिजोग हुन्छ । ऊ साहुकहाँ रूण लिएर भए पनि व्यवहार चलाउने वा सुत्केरी उकास्ने निर्णयमा पुग्छ । सापटी लिएर हतार हतार हिँड्दा ऊ खुट्टामा अल्झिएर बाटामा लड्न पुग्छ । त्यहीबेला उसलाई सर्पले टोक्छ र उपचार नपाएर मृत्यु भएको आशङ्क गरिन्छ ।
सुनसरीमा मनमायाका नाममा मौजा भएको, धेरै मानिसहरू सामाजिक, शैक्षिक तथा आर्थिक विषमताको सिकार भएको विषय कथामा उद्घाटन भएको छ । त्यसपछि कथामा विभिन्न घटना आएका छन् । कार्की कान्छाका भैँसीले एक्कासि दुध कम दिएको, मगरनी माइलीकी छोरी वान्ताका कारणले जिउ सुकेको, कमिनी जेठीका कुखुरा फत्रक फत्रक ढलेका, सार्की साहिँलाको खसीलाई घुम्नेले छोएको, केराबारी काइँलीका केराका बोटहरूमा किरा परेका, रायामाझीहरूको रायाको साग सुकेको, मन्तरी माझिनीको घरको पातो आफैँ खसेको, हट्टकट्टा रूपमा लाहुरबाट आएको लाहुरे किन्जी तामाङनीको भट्टीमा तङ्मा पिएदेखि सिकिस्त बिरामी परेका आदि सन्दर्भहरू सूच्य रूपमा आएका छन् । त्यसपछि गाउँमा आएको विपत्तीका बारेमा बहस सुरु हुन्छ ।
गाउँलेले आआफ्ना धारणा राख्ने काम गर्छन् । गाउँलेहरूबाट बहसको सार यस्तो निस्कन्छ :
– संसारी माइको पूरा राम्ररी नगरेका कारणले यस्तो भएको,
– देवीथानमा जोसुकेले छुतछात गरेकाले यस्तो भएको,
– वैज्ञानिक वनको कुप बनाउँदा जथाभावी रुख काटेकाले वनदेवता रिसाएर यस्तो भएको,
– यो सबै जिनाको विद्रोही आत्माका कारणले गर्दा हो, शैल्यक्रिया गर्दा आत्मा स्वर्गमा पुग्न नसक्ता यस्तो भयो ।
– डाइनी अर्थात् जुगनी उराउका कारणले गर्दा यस्तो भएको हो ।
त्यसपछि छलफल वा बहस जुगनीका विषयमा केन्द्रित हुन्छ । जुगनी गाउँकी एउटी अवला महिला हो । उसलाई गाउँमा जमिनदार अग्निसिंहजस्ता व्यक्तिले यौन शोषण गरेर उसलाई डाइनी करार गरेर गाउँ निकाला गर्न खोजिरहेका हुन्छन् । ऊ ती मानवरूपी राक्षसहरूबाट बच्न डाइनीको जस्तो भेसमा हिँड्ने गर्छे । जुगनीलाई डाइनी करार गर्न त्यहाँ हरतरह प्रयास गरिन्छ । आफ्नो करतुतको पोल खुल्छ भन्ने उसलाई डर छ । त्यही भएर जुगनीलाई डाइनी करार गर्न अग्निसिंह हरतरह रूपमा लागिरहेको हुन्छ । त्यस कार्यमा उसलाई ठाइँलो, जानुका, दीक्षा आदिले साथ दिइरहेका हुन्छन् ।
अग्निसिंहको कार्यलाई प्रतिवाद गर्नेको पनि कमी छैन । स्वास्थ्यकर्मी रहेकी एच ए शोभा र पशुपन्छी शाखा प्रमुख रहेकी सरिताले ती कार्यको वैज्ञानिक तरिकाले प्रतिवाद गरिरहेका हुन्छन् । उनीहरूका अनुसार अनारकलीको शरीरमा पानी र सुगरको कम भएर मृत्यु भएको हो । त्यस्तै दलेको मृत्युको कारण सर्पको डसाइबाट भएको, थुनमा घाउ भएकाले कार्कीको भैँसीले दुध कम दिएको, भाइरसका कारण सार्की काइलाका कुखुरा ढलेका हुन् । सबै घटनाको यसरी वैज्ञानिक कारण प्रस्तुत भएपछि गाउँले विश्वस्त हुन पुग्छन् । तथ्य र प्रमाणले गर्दा उनीहरू शोभा र सरिताका कुरा मान्न वाध्य पनि हुन्छन् । सबैले यी घटनामा जुगनीको कुनै दोष नभएको थाहा पाउँछन् । तर जुगनीमा भने अग्निसिंहप्रतिको रोष भने कम भएको देखिँदैन । ऊ भित्रभित्रै मुरमुरिएकी हुन्छे ।
कथामा अन्तमा अग्निसिंहको हत्या भएको छ । जुगनीले पनि प्राण त्याग गरेकी छ । यसरी कथाको अन्त भएको छ ।
परिवेश :
यो ग्रामीण भेगको कथा हो । शैक्षिक चेतनादेखि केही टाढा रहेका व्यक्तिलाई पात्र बनाएर लेखिएको कथा हो डाइनी । अशिक्षाका कारण एक जना गरिब, निरिह तथा अवला नारीमाथि कसरी विभेद गरिन्छ वा उनीहरू समाजका अग्निसिंहजस्ता नरपिशाचबाट कसरी प्रताडित हुन्छन् भन्ने कुरालाई देखाउन यहाँ ग्रामीण परिवेशको सिर्जना गरिएको छ ।
पात्र/चरित्र यस कथाकी मुख्य पात्र जुगनी उराव हो । ऊ त्यस गाउँकी बुहारी हो । बिहे गरेकभण्डारीको ‘बकसपत्र’ र रसिकको ‘छन्द आराधना’ माथिको विमर्श कार्यक्रम सम्पन्न
मोरङ । बेलबारी स्रष्टा विष्णु भण्डारी आचार्यको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ र विराटनगरका स्रष्टा रोहिणी रसिकको (कवितासङ्ग्रह) ‘छन्द आराधना’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा ती दुई कृतिको विमर्श गरिएको हो ।
खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिले संस्थाले रु. १ बाट सुरु गरेर १ करोड पु¥याउने उद्देश्यसहित सुरु गरेको अक्षयकोष निर्माणको अभियानअन्तर्गत दान पेटिकामा रकम हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा भण्डारीको कृतिमाथि निरज कोइराला र केशु विरही, रसिकको कृतिमाथि डा. दीपकप्रसाद न्यौपाने र बाबुराम पोखरेलले समीक्षा प्रस्तुत गरेका थिए । विमर्शक विरहीले जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तरसम्बन्धका बारेमा समीक्षा प्रस्तुत गर्दै कथाकार भण्डारी साहित्यका अतिरिक्त समाजसेवामा पनि उत्तिकै सक्रिय रहेको बताए । विमर्शक कोइरालाले लघुकथाको सिद्धान्तका बारेमा उल्लेख गर्दै ‘बकसपत्र’ भित्रका रचनाको चिरफार गरेका थिए । केही कथामा परिवेश दोष रहे पनि सबै कथाहरू निकै उत्कृष्ट रहेको बताए ।
विमर्शक बाबुराम पोखरेलले जीवनी, व्यक्तित्व र कृतित्वमाथि बोल्दै रसिकको रगतले साहित्यको विरासत बोकेको बताए । विमर्शक डा. दीपकप्रसाद न्यौपानेले रसिकको कविता कृति ‘छन्द आराधना’ को विहङ्गम समीक्षा प्रस्तुत गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका प्रमुखसमेत रहेका विमर्शक न्यौपानेले छन्द साधना गर्दा वा छन्द मिलाउने नाममा नेपाली भाषाको मानक व्याकरणलाई तोड्न नहुने विचार व्यक्ति गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पोखरेलले कोसी साहित्य–कला परिषद् नेपालले सुरु गरेको अभियानसँग आफू जानकार रहेको बताउँदै यस अभियानमा सबैको साथ र सहयोग रहने बताए । दुवै स्रष्टालाई बधाइ तथा शुभकामना दिँदै यस्ता कार्यक्रमले लेखकलाई खारिन सहयोग पुग्ने विचार व्यक्त गरे ।
सभाध्यक्षको तर्फबाट मन्तव्य व्यक्त गर्दै हरि कट्टेलले विभिन्न स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने अभियान आफैँमा सुन्दर रहेको बताए । कार्यक्रममा सहकार्य गर्न पाएकामा खुसीसमेत व्यक्त गरे । लेखक द्वय भण्डारी र रसिकले पनि आआफ्ना धारणा राख्तै विमर्श कार्यक्रम राखेर आफूहरूका कृतिको सुगन्ध फैलाउन सहयोग गरेकामा आयोजक संस्था तथा समीक्षकहरूप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा मोरङ, सुनसरी तथा झापाका विभिन्न स्थानका स्रष्टा/कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा श्रीप्रसाद पोखरेल, मञ्जुश्री गिरी, शारदा भट्टराई, निर्मला नेपालले विमर्श गरिएका कृतिभित्रका दुई दुईओटा रचना वाचन गरेका थिए ।
साहित्य विभागका सहसंयोजक शारदा दाहाल भण्डारीले कार्यक्रममा सहभागी सबैलाई संस्थाको तर्फबाट शब्दले स्वागत गरेकी थिइन् । सहआयोजक संस्था छन्द वाटिका नेपाल, विराटनगरका अध्यक्ष, हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ र कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो ।
इरान राईको ‘डाइनी’ कथाको विवेचना
–केशु विरही
इरान राई (२०२५) नेपाली साहित्यमा एउटा परिचित नाम हो । २०४६ सालमा ‘फुल्दैमा फूलहरू’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेका इरान राई कविता, गजल, गीत, नाटक, हाइकु, कथा, निबन्ध आदि विधामा कलम चलाउँछन् । यिनका विभिन्न विधाका एकल र संयुक्त गरेर १४ ओटा कृति प्रकाशित भएका छन् । यसमा उनका ९ ओटा एकल, एउटा सम्पादन, एउटा फरक विषयको र ३ ओटा संयुक्त कृति प्रकाशित भएका देखिन्छन् । त्यसैगरी उनका एकाङ्की र पूर्णाङ्की गरेर एक दर्जनजति नाटक मञ्चन भएका देखिन्छन् । जसमा उनले चारओटा नाटक आफैँ लेखेकका छन् भने १० ओटा नाटकको निर्देशन तथा ३ ओटा नाटककमा उनले अभिनयसमेत गरेका छन् ।
प्रयोगवादलाई आत्मसात गर्न रुचाउने उनको २०६० सालमा ‘झन्डा’ कवितासङ्ग्रह बाहिर आएको थियो । झन्डाकै आकारमा प्रकाशित यो कविताकृति एउटा प्रयोगवादी सिर्जनाको नमुना थियो । त्यस्तै २०७७ सालमा प्रकाशित ‘लिम्पियाधुरा’ (हाइकुसङ्ग्रह) पनि एउटा प्रयोगशील कृति हो । यसलाई लेखकले विश्वकै सानो आकारको कृति भएको दावी गरे पनि त्यो प्रामाणिक भने हुन सकेको देखिँदैन । त्यस्तै २०८२ सालमा प्रकाशित ‘चुडेल्नी’ कथासङ्ग्रह पनि एउटा प्रयोगवादलाई आत्मसात गरेको कृति नै हो ।
यस कृतिमा विभिन्न १० ओटा कथा रहेका छन् । यसमा सङ्गृहीत चौथो कथा हो ‘डाइनी । राजनीतिक व्यक्तिसमेत रहेका राईको यस कथालाई विधा तŒवका आधारमा यहाँ विवेचना गरिएको छ ।
कथानक :
यो कथा परिवेशको चित्रणबाट सुरु भएको छ । अनारकलीको स्वास्थ्यमा गडबडी हुन्छ । उपचारका लागि ऊ घरदेखि पाँच किलोमिटर दुरीमा रहेको अस्पताल जाँदै हुन्छे । बाटामा उसले एउटा फरक आकृति देख्छे । त्यो आकृति आफूतिर आइरहेको हुन्छ । त्यो आकृति एउटी महिलाको हुन्छ ।
फरक खाले आकृति देख्नसाथ छोरो पनि डराउँछ । अनारकलीले छोरालाई अस्पताल नजाऔँ, घर फिरौँ भन्छे । छोरोले उपचारको कुरा गर्छ तर आमाले भने आफू फिटकिरी पानीमा घोलेर खाने कुरा गर्छे । नभन्दै ऊ घर फर्किन्छे । तर भोलिपल्ट उसको शरीरमा पानी र सुगरको अभावका कारण मृत्यु हुन्छ । आमाको मृत्यु भएपछि नाबालक छोरो बेसाहारा बन्न पुग्छ ।
बाढी घरिभित्र पसेर दलेको सबै अन्नपात नष्ट पारिदिएको प्रसङ्ग आउँछ । बाढी घरिभित्र पसेर अन्नपात सबै नास गरिदिएपछि दलेकी दुई जिउकी श्रीमतीको बिजोग हुन्छ । ऊ साहुकहाँ रूण लिएर भए पनि व्यवहार चलाउने वा सुत्केरी उकास्ने निर्णयमा पुग्छ । सापटी लिएर हतार हतार हिँड्दा ऊ खुट्टामा अल्झिएर बाटामा लड्न पुग्छ । त्यहीबेला उसलाई सर्पले टोक्छ र उपचार नपाएर मृत्यु भएको आशङ्क गरिन्छ ।
सुनसरीमा मनमायाका नाममा मौजा भएको, धेरै मानिसहरू सामाजिक, शैक्षिक तथा आर्थिक विषमताको सिकार भएको विषय कथामा उद्घाटन भएको छ । त्यसपछि कथामा विभिन्न घटना आएका छन् । कार्की कान्छाका भैँसीले एक्कासि दुध कम दिएको, मगरनी माइलीकी छोरी वान्ताका कारणले जिउ सुकेको, कमिनी जेठीका कुखुरा फत्रक फत्रक ढलेका, सार्की साहिँलाको खसीलाई घुम्नेले छोएको, केराबारी काइँलीका केराका बोटहरूमा किरा परेका, रायामाझीहरूको रायाको साग सुकेको, मन्तरी माझिनीको घरको पातो आफैँ खसेको, हट्टकट्टा रूपमा लाहुरबाट आएको लाहुरे किन्जी तामाङनीको भट्टीमा तङ्मा पिएदेखि सिकिस्त बिरामी परेका आदि सन्दर्भहरू सूच्य रूपमा आएका छन् । त्यसपछि गाउँमा आएको विपत्तीका बारेमा बहस सुरु हुन्छ । गाउँलेले आआफ्ना धारणा राख्ने काम गर्छन् ।
गाउँलेहरूबाट बहसको सार यस्तो निस्कन्छ :
– संसारी माइको पूरा राम्ररी नगरेका कारणले यस्तो भएको,
– देवीथानमा जोसुकेले छुतछात गरेकाले यस्तो भएको,
– वैज्ञानिक वनको कुप बनाउँदा जथाभावी रुख काटेकाले वनदेवता रिसाएर यस्तो भएको,
– यो सबै जिनाको विद्रोही आत्माका कारणले गर्दा हो, शैल्यक्रिया गर्दा आत्मा स्वर्गमा पुग्न नसक्ता यस्तो भयो ।
– डाइनी अर्थात् जुगनी उराउका कारणले गर्दा यस्तो भएको हो ।
त्यसपछि छलफल वा बहस जुगनीका विषयमा केन्द्रित हुन्छ । जुगनी गाउँकी एउटी अवला महिला हो । उसलाई गाउँमा जमिनदार अग्निसिंहजस्ता व्यक्तिले यौन शोषण गरेर उसलाई डाइनी करार गरेर गाउँ निकाला गर्न खोजिरहेका हुन्छन् । ऊ ती मानवरूपी राक्षसहरूबाट बच्न डाइनीको जस्तो भेसमा हिँड्ने गर्छे । जुगनीलाई डाइनी करार गर्न त्यहाँ हरतरह प्रयास गरिन्छ । आफ्नो करतुतको पोल खुल्छ भन्ने उसलाई डर छ । त्यही भएर जुगनीलाई डाइनी करार गर्न अग्निसिंह हरतरह रूपमा लागिरहेको हुन्छ । त्यस कार्यमा उसलाई ठाइँलो, जानुका, दीक्षा आदिले साथ दिइरहेका हुन्छन् ।
अग्निसिंहको कार्यलाई प्रतिवाद गर्नेको पनि कमी छैन । स्वास्थ्यकर्मी रहेकी एच ए शोभा र पशुपन्छी शाखा प्रमुख रहेकी सरिताले ती कार्यको वैज्ञानिक तरिकाले प्रतिवाद गरिरहेका हुन्छन् । उनीहरूका अनुसार अनारकलीको शरीरमा पानी र सुगरको कम भएर मृत्यु भएको हो । त्यस्तै दलेको मृत्युको कारण सर्पको डसाइबाट भएको, थुनमा घाउ भएकाले कार्कीको भैँसीले दुध कम दिएको, भाइरसका कारण सार्की काइलाका कुखुरा ढलेका हुन् । सबै घटनाको यसरी वैज्ञानिक कारण प्रस्तुत भएपछि गाउँले विश्वस्त हुन पुग्छन् । तथ्य र प्रमाणले गर्दा उनीहरू शोभा र सरिताका कुरा मान्न वाध्य पनि हुन्छन् । सबैले यी घटनामा जुगनीको कुनै दोष नभएको थाहा पाउँछन् । तर जुगनीमा भने अग्निसिंहप्रतिको रोष भने कम भएको देखिँदैन । ऊ भित्रभित्रै मुरमुरिएकी हुन्छे ।
कथामा अन्तमा अग्निसिंहको हत्या भएको छ । जुगनीले पनि प्राण त्याग गरेकी छ । यसरी कथाको अन्त भएको छ ।
परिवेश :
यो ग्रामीण भेगको कथा हो । शैक्षिक चेतनादेखि केही टाढा रहेका व्यक्तिलाई पात्र बनाएर लेखिएको कथा हो डाइनी । अशिक्षाका कारण एक जना गरिब, निरिह तथा अवला नारीमाथि कसरी विभेद गरिन्छ वा उनीहरू समाजका अग्निसिंहजस्ता नरपिशाचबाट कसरी प्रताडित हुन्छन् भन्ने कुरालाई देखाउन यहाँ ग्रामीण परिवेशको सिर्जना गरिएको छ ।
पात्र/चरित्र
यस कथाकी मुख्य पात्र जुगनी उराव हो । ऊ त्यस गाउँकी बुहारी हो । बिहे गरेक केही समयमै उसका श्रीमान्को मृत्यु हुन्छ । श्रीमान्को मृत्युपश्चात् ऊ जमिनदार अग्निसिंहको यौन शोषण अर्थात् बलात्कारको सिकार बन्न पुग्छे । पूरै कथा उसकै वरिपरि घुमेको पाइन्छ । यसलाई थप प्रभावकारी बनाउन बिचत्रिचमा थप विषय (घटना) को संयोजन गरिए पनि कथाको मुख्य विषय र यसको अन्त पनि जुगनीकै वरिपरि घुमेको पाइन्छ । ऊ समाजकी एउटी अपहेलित वा निरिह पारिएकी पात्र हो । आफूलाई बचाउनलाई नै भए पनि उसले आफ्नो भेष परिवर्तन गरेकी हुन्छे । अग्निसिंह, अङ्कित, ठाइँलो, न्यायाधी, दीक्षा आदि पात्रले उसलाई डाइनी करार गरेर गाउँ निकाला गर्न खोजेका हुन्छन् । तर सरिता र शोभाजस्ती सत् पात्रका कारणले उनीहरूको त्यो कुत्सित मनसाय पूरा हुन सक्तैन । ऊ लिङ्गका हिसाबले महिला, कार्यका आधारमा प्रमुख, प्रवृत्तिका आधारमा अनुकुल, स्वभावका आधारमा गतिशील, जीवनचेतनाका आधारमा वर्गाी पात्र हो । आसन्नताका आधारमा मञ्चीय र आबद्धताका आधारमा बद्ध पात्र हो जुगनी । अग्निसिंह साहु यस कथामा खल पात्रका रूपमा आएको छ । सरिता र शोभा परिवर्तनका संवाहकका रूपमा आएका छन् । त्यस्तै दीक्षा, ठाइँलो, न्यायाधीश आदि भने खलपात्रका सहयोगीका रूपमा आएका छन् ।
यसका अतिरिक्त यस कथा अरू पनि पात्र रहेका छन् । अनारकली, छोरो, दले र उसकी श्रीमती, मनमाया आदि सहायक पात्रका रूपमा देखा परेका छन् । यो कथामा बहुपात्रको प्रयोग भएको पाइन्छ ।
दृष्टिबिन्दु :
यो कथा तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएको छ । वर्णनात्मक शैलीमा लेखिएको यस कथा केही ठाउँमा संवादात्मक शैली पनि प्रयोग भएको छ ।
सारबस्तु :
समाज अझै पनि अशिक्षाका कारणले त्यही पुरातन सोच र मान्यताका सथ अघि बढ्न विवश छ । जमिनदार अग्निसिंहजस्ता पात्रले शक्ति र पैसाका आडमा समाजलाई आफ्नो कब्जामा राखिरहेकै छन् । भूतप्रेम, पिसाच वा डाइनी केही पनि हुँदैनन्, यी त फगत मानिसका सोच मात्र हुन् । गरिबीका कारणले जब मानिस शिक्षाको चेतनाबाट टाढा रहन्छ तब यस्ता कुराले प्रश्रय पाउने कुरा यस कथामा उठाइएको छ । कथाकारले विभिन्न घटना वा घटनावलीको निर्माण गरेर उद्देश्यलाई प्रस्ट पार्ने काम गरेका छन् । मानिसले आफ्नो वर्ग नचिन्दा गरिब गरिबसँग लडिरहेको घटना सिर्जना गरेर कथाकारले यहाँ वर्गीय एकताले मात्र समाजको सार्थक विकास सम्भाव छ भन्ने दलील पेस गरेका छन् । माक्सवादी सौन्दर्यलाई आधार मानेर कथाको सिर्जना गर्नु पनि कथकारको ध्येय देखिन्छ । यस मामलामा उनी सफल पनि भएका छन् ।
यस कथाले सारमा निम्न सन्देश प्रवाह गरेको छ :
१) चरम गरिबी र त्यसबाट सिर्जित घटनाको प्रस्तुतिमा जोड, अर्थात् मुख्य समस्या गरिबी तथा अशिक्षा नै भएको ठहर,
२) अशिक्षाका कारण मानिसमा अन्धविश्वासले प्रश्रय पाउने कुराको खुलासा, (अशिक्षाका र गरिबीकै कारण समाजमा अझै पनि अन्धविश्वासले प्रश्रय पाइरहेको छ । चुडेल्नी, डाइनी, भूतप्रेत आदिले प्रश्रय पाउनुको मुख्य कारण नै अशिक्षा हो । अन्धविश्वासबाट विशेष गरी हाम्रा ग्रामीण अशिक्षित समाज त्यसमा पनि गरिब तथा निसहाय महिलाहरू नै बढी मात्रामा प्रताडित बन्नुपर्ने अवस्था छ । अर्थात् चुडेल्नी, भूतप्रेत, डाइनी आदि भनेको माथिल्लो वर्गका भनाउँदाले निरिहमाथि लगाइने मित्थ्या आरोप मात्र हुन् ।)
३) बहुकेन्द्रीयताको अवधारणा कथा प्रस्तुत,
४) बहु पात्रको प्रयोग,
५) वर्गाीय समाजको आवश्यकता बोध गराउन खोज्नु,
६) धनीमानी तथा ठुलाबडाबाट ग्रामीण तथा कमजोर महिलामाथि हुने गिद्धेदृष्टि,
७) समाज रूपान्तरण हुन नसकेको वास्तविकताको उद्घाटन,
८) वनको बाघले नखाए पनि मनको बाघले खान्छ भन्ने भनाइलाई चरितार्थ पार्नु,
९) श्रमजीवीप्रतिको सम्मान व्यक्त,
१०) आञ्चलिकताको प्रस्तुति,
११) विषयवस्तुलाई वैज्ञानिक दृष्टिबाट हेरिनु,
१२) माक्सवादी सौन्दर्यमा जोड,
भाषशैली :
यस कथाको भाषाशैली निकै सरल रहेको छ । कथाहरू छोटाछरिता र पट्यार नलाग्ने खालका छन् । छोटा र छरिता वाक्य गठनले गर्दा कथा सलल बगेको पाइन्छ । कथामा अनुकरणात्मक शब्दको प्रयोग गरिएको पाइन्छ । समुचित विम्ब, प्रतीक, अलङ्कारको प्रयोगले कथालाई थप सशक्त बनाएको छ ।
शक्ति र सीमा
नयाँ प्रयोग भित्र्याइएको कथासङ्ग्रह हो ‘चुडेल्नी’ । नयाँ नयाँ प्रयोग भित्र्याउनमा इरान राई माहिर ठान्छिन् । आधुनिक कथामा पुरातन मिथकको प्रयोग नै यसको नयाँ प्रयोग हो । त्यस्तै यस कथामार्फत् राईले वर्गाीय समाजको आवश्यकताबोध गराउन खोजेका छन् । मानिसले आफ्नो वर्ग चिन्नुपर्छ, यदि वर्ग चिनेन भने उसले धेरै दुःख पाउँछ भन्ने उनको ठहर रहेको छ । आधुनिक कथामा पुरातन मिथकको प्रयोग, वर्गाीय समाजको आवश्यकताबोध तथा माक्सवादी सौन्दर्यको प्रयोग नै यस कथाका शक्ति रहेका छन् ।
निकै सफल कथा हुँदै हुँदै पनि यसमा केही कमीकमजोरी पनि रहेका छन्, जसलाई यहाँ प्रस्तुत गरिएको छ । कुनै पनि बस्तुको चित्र देखाएर त्यो बस्तु हुँदैन वा छैन भन्नु कत्तिको सान्दर्भिक हुन्छ । यस कृतिको आवरणले पनि यही कुरालाई झकझक्याइ रहन्छ । भूत छैन भन्ने कुरा सिकाउन भूतकै चित्र किन राख्नु भन्ने मेरो प्रश्न रहेको छ । त्यस्तै यसमा केही वर्णविन्यासगत त्रुटि पनि देखिएका छन् । विकल्प हुँदाहुँदै अन्य भाषाको प्रयोग गरिएको पाइन्छ ।
त्यस्तै ‘चुडेल्नी’ भित्रका १० ओटै कथाको विषयवस्तु र उद्देश्य उस्तै छन् । कथामा प्रयोग भएको परिवेश, भाषाशैली, विम्ब प्रतीकमा पनि खासै भिन्नता पाइन्न । सबै कथामा मुख्य पात्र पनि नारी नै छन् । यदि कथाकारले यी सबै विषयलाई एउटै कथामा समेटेको भए बाँकी ९ ओटा कथाले नयाँ विषय पाउन सक्थे भन्ने पनि लागेको छ । अन्तमा इरान राईको साहित्यिक उन्नयनको कामना गर्दछु । धन्यवाद । जय साहित्य ।