कृष्ण कुँवर “कर्नेलियस”। इन्डियन आइडल सिजन ३ का विजेता, गायक तथा अभिनेता प्रशान्त तामाङको ११ जनवरी २०२६ मा दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ।

प्रसान्तले २००७ मा इन्डियन आइडल सिजन–३ को उपाधि जितेका थिए र त्यसपछि नेपाली र भारतीय संगीत क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बनेका थिए।
दार्जिलिङको पहाड़ी गाउँमा जन्मिएका प्रशान्तले नेपाली गीतहरूमा पनि योगदान दिएका थिए र नेपाली समुदायमा गर्वको अनुभूति जगाएका थिए।
प्रशान्त तामाङ ४३ वर्षको उमेरमा हृदयाघात (कार्डियाक अरेस्ट) का कारण निधन भएको पुष्टि भएको छ। उनको आकस्मिक निधनले संगीत र चलचित्र क्षेत्र, शुभचिन्तक र लाखौँ दर्शकलाई गहिरो दुःखमा पारेको छ। प्रसान्तको संगीत र कला सधैं श्रोतकहरूको मनमा जीवित रहनेछ










