हिमांशु राय – मोरङ ।कोशी प्रदेश राजधानी विराटनगरमा बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ ।
स्वर सङ्गम सङ्गीतालयको सभाहलमा विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विराट साहित्य सङ्गमका संस्थापक अध्यक्ष बलराम पोखरेल, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, डा.नरेन्द्रप्रसाद साहित्य प्रतिष्ठानका अध्यक्ष सरला चापागाईं, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल,स्वर सङ्गम सङ्गीतालयका अध्यक्ष कुशेश्वर राईलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा डा. देवी पन्थी,सरला चापागाईं,भगवान झा, हरिप्रसाद बराल, भवानीप्रसाद पोखरेल,लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी,लोचन रिजाल,शम्भुनाथ कार्की,प्रयाग न्यौपाने,एकनारायण ढकाल,मञ्जु घिमिरे दाहाल, ऋषि तिवारी,भूपाल अधिकारी, अंशुकुमार गुप्ता, पुष्पा सायरा, हरिलाल चौधरी,, निश्चित मिश्र,सुजता राई,एकराज भट्टराईलगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए।
विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सुशीला प्रसाईँ दङ्गालको रहेको थियो।










