Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देश संकटमा हुँदा एक दिनको विदाभन्दा ठूलो हाम्रो साक्षी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 17, 2025

✍️गीदाेन लामिछााने ( तारा ), आज हाम्रो देश गम्भीर आर्थिक, सामाजिक र राजनीतिक संकटतर्फ अघि बढिरहेको छ। यस्तो संवेदनशील घडीमा डिसेम्बर २५ मा ख्रिष्टमसको सार्वजनिक विदा नपरेको विषयलाई लिएर इसाई समुदायभित्र अत्यधिक रोईलो र आक्रोश देखिनु दुखद मात्र होइन, हाम्रो मसीही साक्षीका लागि पनि चुनौतीपूर्ण छ।

हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ—ख्रिष्टमस एक दिनको विदामा सीमित पर्व होइन, यो हृदयको उत्सव हो।
प्रभु येशू ख्रिष्टको जन्म हामी बिहान–बेलुका, घर–मण्डली, काम–सेवाबीच पनि स्मरण र आराधना गर्न सक्छौं। एक दिनको विदा नपाउँदा हाम्रो विश्वास कमजोर हुँदैन, न त ख्रिष्टमसको अर्थ हराउँछ।

येशू स्वयंले भन्नुभयो, “सबाथ मानिसका लागि बनाइएको हो, मानिस सबाथका लागि होइन ।” (मर्कुस २:२७)
यसको अर्थ—धार्मिक दिनभन्दा पनि मानिस, समाज र परिस्थिति महत्वपूर्ण हुन्छन्।

आज जब देश पीडामा छ, जनताको ध्यान रोजगारी, महँगी, असुरक्षा र भविष्यप्रति केन्द्रित छ, त्यस्तो बेला हामीले विदाको मागलाई आन्दोलनको रूप दिनु बुद्धिमानी हुँदैन। बरु, इसाई समुदायले प्रार्थना, सहानुभूति, सेवा र शान्त साक्षी देखाउनुपर्छ।
एक दिनको विदाले केही फरक नपर्ला,
तर हाम्रो परिपक्वता, धैर्यता र देशप्रतिको जिम्मेवारीले ठूलो सन्देश दिन सक्छ।

ख्रिष्टमस हामीले बिहान सबेरै आराधना गरेर, साँझ परिवार र मण्डलीसँग मनाउन सक्छौं। कार्यालय, खेत, पसल वा सेवामा रहेर पनि हामी ख्रिष्टलाई सम्मान गर्न सक्छौं। ख्रिष्टमसको आत्मा विदामा होइन, आज्ञाकारिता, नम्रता र प्रेममा प्रकट हुन्छ।
यसैले, म इसाईको हैसियतले सबै दाजुभाइ–दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु—
विदाभन्दा पहिला देशको पीडा बुझौं,
अधिकारभन्दा पहिला कर्तव्य सम्झौं,
र आवाजभन्दा पहिला चरित्र देखाऔं।
यही नै आजको नेपालमा इसाई समुदायको साँचो र बलियो साक्षी हुनेछ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved