काठमाडौं । उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला भेला आज सूर्यविनायकमा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त भेलामा पार्टीका केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेलाको उद्घाटन भक्तपुर जिल्ला, मध्यपुर थिमी नगरपालिका–३, कौशलटारका जेन–जी आन्दोलनका घाइते योद्धा श्रेयश न्यौपानेले पानसमा दीप प्रज्वलन गर्नुका साथै बत्तीको चिम पनि बालेर गर्नुभएको थियो। दमन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा तीन वटा मेटालिक गोली लागेर पनि जीवित रहन सफल २३ वर्षीय श्रेयशद्वारा उद्घाटन हुनु युवालाई दिइएको सम्मानको ऐतिहासिक उदाहरण हो।

सूर्यविनायकमा सम्पन्न उक्त बृहत जिल्ला भेलाले उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला नेतृत्व जिल्ला संयोजक दुर्गा घिमिरेको संयोजकत्वमा गठन गरेको छ।
यससँगै भक्तपुरका जिल्ला तथा पालिका समितिहरू क्रमशः प्रभावशाली र लोभलाग्दो बन्दै गइरहेका छन्।










