
कृष्ण कुँवर। फलेवास–थापाठाना माध्यमिक विद्यालयकी शिक्षिका लक्ष्मी तिवारी, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्बतको महिला विभागद्वारा आयोजित “लैङ्गिक हिंसा न्यूनीकरणमा सामाजिक सञ्जालको भूमिका” अनलाईन शिक्षक निबन्ध प्रतियोगितामा सान्त्वना पुरस्कारबाट सम्मानित भएकी छन्।
लक्ष्मीले लेखेको निबन्धमा- सामाजिक चेतना, समावेशी दृष्टिकोण र व्यावहारिक समाधानलाई केन्द्रमा राखेकोले मूल्याङ्कन समितिको ध्यान खिच्यो।
लक्ष्मीले लामो समयदेखि महिला सशक्तीकरण, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका विषयमा कलम चलाउँदै आएकी छन्। यस उपलब्धिले फलेवास–२, थापाठानाको शैक्षिक पहिचान राष्ट्रिय मञ्चमा उजागर गरेको आयोजकले बताए।
सम्मान प्राप्त भएपछि शिक्षिका तिवारीले यसलाई निरन्तर सिकाई र सामाजिक सेवामा समर्पित रहने प्रेरणा ठानेकी छिन्। लक्ष्मीको सफलता शिक्षक–विद्यार्थी र स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ। गङ्गा क्षेत्रीको सम्योजकत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन पर्बतको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।










