Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेनजी २.० को प्रदेशस्तरिय भेला इटहरीमा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 6, 2025

इटहरी । इटहरीमा जेनजी २.० को प्रदेशस्तरिय भेला सम्पन्न भएको छ। भेला संरचनासँगै प्रदेश नेतृत्वले आफ्ना धारणा सार्वजनिक गरेपछि कार्यक्रम थप जीवन्त बनेको थियो।

भेलाले निता शाक्यलाई प्रदेश संरक्षकमा चयन गर्‍यो। उनले आफ्नो मन्तव्यमा प्रदेशभित्र युवाको ऊर्जा र आवाजलाई एक ठाउँमा ल्याएर परिवर्तनतर्फ अघि बढ्नुपर्ने कुरा जोर दिए। संयोजक बनेका प्रबेश पाण्डेले संरचना केवल पदका लागि नभई कामको गतिलाई बढाउन आवश्यक भएको बताए। सह–संयोजक रमेश राईले प्रदेशका स्थानीय अभियानलाई एउटै मोडेलमा लैजाने जिम्मेवारी आफूहरू तयार रहेको बताए। सदस्य–सचिव लालबहादुर बस्नेतले प्रदेश कमिटीलाई व्यवस्थापन, समन्वय र तथ्यांकसँग मजबूत बनाउने योजना प्रस्तुत गरे।

प्रदेश प्रबक्ता अक्षय कुमार चौधरी प्रबक्तामा मनोनयन भएका थिए। उनले आफू यो भूमिकामा रहेर प्रदेशका विषयहरू स्पष्ट, तथ्यपूर्ण र युवामैत्री शैलीमा सार्वजनिक गर्न प्रतिबद्ध रहेको बताए। अर्थ संयोजक बनेका देव मुण्डाले पारदर्शिता र स्रोत परिचालनलाई व्यवस्थित रूपले अघि बढाउने उद्देश्य राखे। Sudip चौधरीसहित २१ सदस्यीय प्रदेश कमिटी औपचारिक रूपमा गठन गरिएको छ।

कार्यक्रमको सञ्चालन पनि अक्षय कुमार चौधरीले गरेका थिए। शुभकामना मन्तव्य राख्दै जेनजी २.० सदस्य–सचिव कुन्दन कुसुवाले प्रदेश कमिटी गठनले संगठनलाई प्रदेशस्तरमा थप सक्षम बनाउने विश्वास व्यक्त गरे। समाजसेवी अमर इजमले जेनजी २.० को युवामैत्री आन्दोलनले समाजमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गरे। पलट चौधरीले संगठनले उठाएका सवालहरू जनताका वास्तविक पीडासँग जोडिएको बताए। सहिद परिवारका तर्फबाट अभिषेक श्रेष्ठका बुवाले युवा पुस्ताले न्याय, पारदर्शिता र जिम्मेवारीका विषयमा उभिनु देशका लागि राम्रो संकेत भएको बताए।

जेनजी २.० का केन्द्रीय प्रबक्ता अबिन लिम्बूले प्रदेश कमिटी गठन अभियानको महत्वपूर्ण चरण भएको बताए। उनले अभियानले कुनै लाभ खोज्दैन, बरु सबै युवालाई आफ्नो अधिकार, आवाज र जिम्मेवारीकर्फ फर्काउन प्रेरित गर्ने प्रयास रहेको स्पष्ट गरे।

भेलाले प्रदेशका समस्यालाई प्राथमिकता दिने, युवाको सहभागिता बढाउने र संरचना मार्फत अभियानलाई सक्रिय बनाउने निर्णय गर्दै कार्यक्रम सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी विमानस्थल घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved