कृष्ण कुँवर, अबुधाबी — युएईमा क्रियाशील वामपन्थी संगठनहरूले नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ एकतालाई समर्थन जनाउँदै नेपाल कम्युनिस्ट पार्टीमा एकीकृत भएको घोषणा गरेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) का प्रवासी भातृ संगठनहरू, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिहरूले नेपालमा स्थिरता, सुशासन र समाजवादी रूपान्तरणको आवश्यकता रहेको बताउँदै प्रवासी नेपालीहरूको हक–हितको संरक्षणमा ऐक्यबद्धता व्यक्त गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिमा प्रवासी नेपाली एकता मञ्च युएईका अध्यक्ष विपिन सापकोटा र नेपाली जनप्रगतिशील मञ्च युएईका अध्यक्ष लक्ष्मण खनालले हस्ताक्षर गरेका छन्।
युएईसँगै कतारमा पनि नेकपा (माओवादी केन्द्र) र नेकपा समाजवादीका भातृ संगठनहरू नेपाल कम्युनिस्ट पार्टीमा एकता हुने भएका छन्।










