काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग आइतबार सिंहदरबारमा भएको छलफलमा जेनजी टू नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

भाद्र २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् । जेनजी टू समूहका प्रवक्ता अविन लिम्बूले छलफलको क्रममा गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको बताएको जानकारी दिए ।
उनले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।











