काठमाडौं । जेनजी २.० को केन्द्रिय बिस्तारित बैठक हिजाे सम्पन्न भयो। बैठकले देशलाई निकास दिने दिशादेखि लिएर जेनजीको मूल मुद्दालाई संस्थागत रूपमा स्थापित गर्ने एउटै धारणा बनायो।
बैठकपछि जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले देशले सामना गरिरहेको चुनौती समाधान गर्न संगठनले सक्रिय भूमिकामा जाने बताए। उनका अनुसार, युवाको नेतृत्वमा नयाँ राजनीतिक सोच अगाडि बढाउन आवश्यक रणनीति तयार भएको छ।

सदस्य सचिव कुन्दन कुसुवाले बैठकले जनस्तरमा पहुँच बढाउने, संगठनात्मक संरचना सुदृढ गर्ने र प्रदेशदेखि स्थानीय तहसम्म अभियानलाई व्यापक बनाउन ध्यान दिएको जानकारी दिए।
परिकल्पनाकार डा. हरि कार्कीले जेनजी २.० ले उठाउँदै आएको एजेन्डा राष्ट्रिय सहमतिको आधार बन्न सक्ने दाबी गरे। उनका अनुसार बैठकमा आफ्ना दीर्घकालीन योजना, सार्वजनिक संवाद–अभियान र भविष्यका पहलहरूलाई स्पष्ट रूपमै कार्ययोजना बनाई अघि बढाउने निर्णय भयो।
बैठकले सबै तहका युवालाई एकै ठाउँमा ल्याएर सकारात्मक परिवर्तनका लागि संयुक्त प्रयास गर्न आग्रह गरेको छ।










