Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वदेशमै नर्सिङ पढ्ने वातावरण बन्नुपर्ने जेन-जी 2.0 को माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 19, 2025

काठमाडौं। स्वदेशमै नर्सिङ पढ्न नपाएको भन्दै पीडित विद्यार्थीले आन्दोलनको चेतावनी दिएका छन् । देशभित्रै काम मात्रै नभई पढ्नसम्म नपाएको भन्दै उनीहरूले एक हप्ताभित्र पढ्न पाउने वातावरण नबनाए आन्दोलनमा उत्रने चेतावनी दिए ।

मंगलबार रिपोर्टर क्लबमा गरिएको पत्रकार सम्मेनलमा पीडितहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट पढेर देशमै काम गर्ने आफूहरूको योजना सपनामै सीमित हुन थालेको जनाए। आफूहरूको माग एक हप्ताभित्र पूरा नभए चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिए।

‘यसै वर्षभित्र सीटीईभीटीको छनोट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढाउने व्यवस्था सरकारले मिलाउनुपर्छ’, पत्रकार सम्मेलनमा ती जेन- जीहरूको सामूहिक भनाइ थियो, ‘नर्सिङ शिक्षामा गाउँघरका प्राविधिक विद्यालयहरू बन्द हुने र विद्यार्थी अध्ययनकै लागि सहर वा बिदेसिनुपर्ने समस्याको तत्काल समाधान होस् ।’ सीटीईभीटीको लामो भर्ना प्रक्रियाले प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थी धेरै भए पनि सीटीईभीटीमा धेरै कम विद्यार्थी भर्ना भइरहेकोले सीटीईभीटीका शिक्षालयहरूमा एसईईको रिजल्ट हुनेबितिकै स्वतः भर्ना खुल्ने र योग्य विद्यार्थी सजिलै भर्ना हुन पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । पत्रकार सम्मेलनमा नर्सिङ पढ्ने बच्चादेखिको इच्छा अब पूरा नहुने भएको भन्दै भर्खरै एसईई उत्तीर्ण छात्राले नर्सिङ पढ्न चाहने विद्यार्थी अत्यधिक हुने भए पनि देशभित्रै नर्सिङ पढ्न नपाइरहेको गुनासो गरिन् । यस्ता पीडा सम्मेलनमा आधा दर्जन छात्राहरूले पोखेका थिए।

जेन-जी २.० को अगुवाइमा कार्यक्रम भएको थियो । त्यसमा पीडित विद्यार्थीले पीडा पाखेका थिए । साथै जेन-जी २.० का प्रवक्ता अविन लिम्बूले यसका लागि आफूहरूले शिक्षामन्त्री डा. महावीर पुनलाई पनि भेटेको तर समस्याको समाधान नभएको बताए । साथै आफूहरूले सीटीईभीटीमा पुगेर पनि समस्या समाधानका लागि पुगेको तर सीटीईभीटीका सदस्य सचिव आफूहरू नभेटी भागेर हिँडेको आरोप उनले लगाए। ‘समस्या समाधानका लागि हामी सीटीईभीटीको कार्यालय भक्तपुर पुगेका थियो, उनले भने, तर सदस्य सचिव भागे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कांग्रेसको कोटाबाट सदस्य सचिव पाएका हालका सदस्य सचिवले कांग्रेसी व्यवहार देखाएको उनले आक्रोश पोखे । ‘सरकार हाम्रै हो, त्यसकारण सरकारले नमाने हामी हाम्र सरकारविरुद्ध पनि आन्दोलनमा जान्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved