Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“भन्न मन थियो प्रधानमन्त्री होस् त पुर्व प्रधानन्यायधिस सुशिला कार्की जस्तो “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2025

श्रीराम रानाभाट। सबैलाई थाहा छ जिब्रो मिठोमा बिक्ने गर्छ

मिठो पाएन भने फेरि पिठोमा बिक्ने गर्छ !!
भने भनेजस्तो हुन्छ नभनौ सत्य यही हो
हाम्रो देशको न्यायालय बिटोमा बिक्ने गर्छ !!

हुने खानेलाई चैन निमुखालाई ऐन । नेपालको कानुन राजनीति गर्नेले जानुन्, अरुले जाने जानु नजाने नजानुन् । देशमा कानुन छ, न्याय छ,न्यायालय छ तर दुईथरी छ । अपराधी तर शक्तिशालीलाई एकथरी ,सिधा साधा कमजोरलाई अर्को थरी । सेतो कोट लगाउनेले मान्छे बचाउने प्रयत्न गर्छ । कालोकोट लगाउनेले फसाउने । यस्ता कुरा हामी कानुन नपढेका, नबुझेका मानिसहरुले निकाल्ने भडास होला भन्ने लाग्थ्यो तर पूर्व प्रधान न्यायाधीश श्रीमान सुशिला कार्कीको पुस्तक ‘न्याय” पढेपछि छर्लङ्ग भयो,औषधि खाएपछि रातको खनखनी ज्वरो बिहान छ्याङ्ग भएजस्तो ।
आफ्नै बुद्धि प्रयोग नगरिकन यसैमा लेखिएको कुरा सत्य हो भन्ने त होइन तर जे जे कुरामा शङ्का उपशंकाहरु थिए ती शङ्का उपशंकालाई निवारण गर्ने आधार यो पुस्तकमा भेटेपछि गर्धन आफै हल्लिन्छ । त्यति मात्र होइन श्रीमान सुशीला कार्कीको भोगाइपछिको स्पष्टोक्ति “न्याय भनेको शक्ति हो “नेपालको हकमा । जो शक्तिशाली छ कानुन,वकिल अधिवक्ता र सिंगो न्यायालय नै शक्तिशालीहरूको क्रीडास्थल बन्ने गरेको छ, बन्दै आएको छ । उहाँको भनाइ छ “मुलुक तस्कर माफिया र दलालहरूको साम्राज्य भइसकेको छ”। पढेलेखेका र चेतनशील व्यक्तिहरूमा फेरि छलछाम गरी आफै सोहोर्ने प्रवृत्ति छ । ९५% वकिल या न्यायाधीश विभिन्न राजनीतिक पार्टीका सिपाही हुने गर्छन् । बिहान अदालत आउँदा पार्टीको मुद्दा लिएर आउँछन् । कानुनसम्मत जाने कुरामा बहस हुन थालेदेखि आन्दोलन गर्छन् र साँझ पार्टी कार्यालयमा गएर रिपोर्ट बुझाउँछन् । भर्खरै केही न्यायाधीशहरूको गोप्य अडियो डार्क फाइल(DARK FILE )का नाममा सिधा कुरा टिभी कार्यक्रम मार्फत पत्रकार युवराज कडेलले पर्दाफास गरेपछि २४ घण्टा भित्रै प्रोग्राम नै मेटाउन आदेश मात्र होइन उनीहरुका विरुद्ध मुद्दा पर्यो ।

विश्वकै इतिहासमा एउटा बिरलै भेटिने संयोग भनौँ देशका तीनवटै शक्तिशाली अङ्ग कार्यपालिका,व्यवस्थापिका र न्यायालयमा तीनैजना महिलाहरू हुनुहुन्थ्यो । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख वन्सरी घर्ती र प्रधान न्यायाधीश सुशीला कार्की । विद्यादेवी भण्डारीको के कुरा गरौं जसले दुईदुईपटक राष्ट्रपति हुँदा आफ्नै पतिको मृत्युको विषयको रहस्य कहिले खोतल्न चाहनुभएन । सभामुख वनसारी घर्तीलाइ अंश बाँड्दै जाँदा भागमा परेको पद थियो सभामुख पद । योग्यता र योगदानले भन्नु अन्याय हुन्छ । आफ्नो पार्टीको मुद्दामा कारबाही हुने भएले त्रसित भएर प्रधान न्यायाधीशका विरुद्धमा आएको पत्रलाई संसदमा पेश गरेकी थिइन् ओनसरी घर्तीले । सुशीला कार्कीको पनि पृष्ठभूमि कांग्रेस, पती दुर्गा सुवेदी त झन् कांग्रेसका सिपाही विमान अपहरणकारी । तर सुशीला कार्की, जब वकालती पेशामा लाग्नुभयो पार्टीको मूल मन्त्र त्यागेर (मूल मन्त्र भनेको- भ्रष्टाचार गर्नु मेरो काम कर्तव्य र अधिकारभित्र पर्छ। ) शुद्ध न्यायको अनुभूति सामान्य जनतालाई बुझाउँछु, व्यवहारमा उतारेर देखाउँछु भनेर लागेकी एक निडर र साहसी महिला । जसको समयमा इतिहासका सबभन्दा चर्चित पात्र र काण्डहरू उठाएर न्याय सम्पादनमा अग्रणी भूमिका खेल्नुभएको छ । यो मैले मात्र होइन सबैले बुझ्ने र चिन्ने न्यायाधीश कोही छन् भने ती हुन्,सुशिला कार्की ।

मुद्दाहरू हेरौँ ।
१) कांग्रेस नेता जयप्रकाश प्रसाद -गुप्ता भ्रष्टाचार मुद्दा ।
२) लोकमान सिंह कार्की – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखका लागि अयोग्य पात्र ।
३) सुडान घोटाला काण्ड ।
४) पूर्व डिआइजी नवराज सिलवाल काण्ड ।
५) कमलमणि दीक्षित काण्ड।
६) तेस्रो लिङ्गी पहिचानको मुद्दा ।
७) डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राजा त्रिभुवनको सहिद गेटमा रहेको सालिकलाई सङ्ग्रहालयमा थन्क्याउने योजनाको विपरीत मुद्दा । जस्ता काण्डहरूमा पीडित र जनताले चाहे अनुसार फैसला सुनाउने न्यायाधीश सुशीला कार्की ।

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको अनुभव छ कि अदालतमा सबभन्दा धेरै मुद्दा नेपाली कांग्रेस,नेकपा एमाले सँगसँगै नेकपा माओवादीका छन् । कांग्रेसलाई भ्रष्टाचार मुद्दामा आफ्ना सबैजसो नेता पर्ने र पार्टी सकिने डर , त्यसैगरी माओवादीलाई भ्रष्टाचारका अलावा मानव अधिकार विरोधी मुद्दाहरूमा पार्टी पंक्ति नै जेल जाने आतंकले न्यायालयमा भाँडभैलो मच्चाउने गर्छन् । अघि नै लेखिसकें, ९५ प्रतिशत वकिल न्यायाधीशहरू पार्टीका सिपाही हुन्छन् । कुन मुद्दालाई लुकाउने, कुन मुद्दालाई उठाउने …. राजनीतिक वृत्तमा बाहिर जनताले देख्ने ठाउँमा एक दोस्राको विरोधी देखिए पनि भित्रका सूचनाकारहरूले घन्टीको( मुद्दा चल्न सक्ने) संकेत दिएपछि हामी त जात एउटै भनेर मिल्छन् अरे । यिनीहरूको रूप फरक हो तर सार एउटै हो । यिनीहरू बाहिर फरक देख्ने हुन् तर भित्र यिनीहरूको उद्देश्य लक्ष्य र सिद्धान्त एउटै हो ।
दोकान अलग अलग नाउँमा थापेका हुन् तर सामान एउटै बिक्री गर्छन् ।

लोकमान सिंह कार्कीको मुद्दा त हर कसैलाई थाहा होला। जो देशको सबभन्दा भ्रष्ट व्यक्ति उही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनायर नियुक्त गर्ने व्यक्ति को हो त भन्दा प्रचण्ड पुष्पकमल दाहाल । जसले लोकमान सिंह कार्कीलाई यो देशमा सबैभन्दा शुद्ध छवि भएको व्यक्ति भनेर विवरण बुझाएका थिए । केही समय पहिला शुद्ध छवि भएका व्यक्ति “रवि “भनेर सुनाए जस्तै । जब सुशीला कार्कीको इजलासले लोकमानसिंह कार्की अयोग्य भएको निर्णय गर्यो लोकमान सिंह कार्कीको डरले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अवस्था मृत्युदण्ड सुनाइएको व्यक्तिको जस्तै बनेको थियो रे । सुशीला कार्कीको घरमा आफ्नो छोरालाई लिन पठाएर घरमा ल्याएर प्रधान न्यायाधीश सुशीला कार्कीलाई “म बर्बाद हुन लागेँ,धन्न मलाई लोकमान सिंह कार्कीले गाला गालामा हिर्काएका । कृपया उनको मुद्दा उल्टाइदिनुस् मेरो सत्तामा अब ६ महिना मात्र बाँकी छ त्योभन्दा पहिला म सत्ताचुत हुन नपरोस् ” विचरा देशको तत्कालिन प्रधानमन्त्री ।

हामी चलचित्र हेर्छौँ । चलचित्रमा अदालतमा मुद्दाको सुनवाई भइरहेको हुन्छ.। प्रमाणहरूको खोजी कार्य चलिरहेको हुन्छ । विपक्षले प्रमाण नष्ट गर्ने अनेक प्रपञ्च रचेको हुन्छ । पीडित पक्षको वकिल सबूत प्रमाणहरु कमजोर रहेको महसुस गर्दै मलिन हुन्छ । पीडकहरू उफ्रिरहेका हुन्छन् । न्यायाधीश फैसला सुनाउने मुडमा पुग्छन् । सबूत प्रमाणहरू बाहिरबाट आउँदै गर्दा विपक्षीले बाहिरै योजना गरेर सबूत प्रमाण र साँची का रूपमा आइरहेको व्यक्तिलाई हत्या गर्छन्अ । अपहरण गर्छन्, प्रमाण नष्ट गर्छन् । त्यसैगरी लोकमान सिंह कार्कीको मुद्दामा पनि म्याद तामेली गर्ने तामेलदार शम्भु बहादुर खत्री अघिल्लो दिन नै लोकमानको पन्जामा पर्छन् । त्यसको सारा व्यवस्था मिलाउने व्यक्ति को त भन्दा सुशीला कार्कीपछि प्रधानन्यायाधीश बनेका गोपाल पराजुली । जसले आफ्नो ज्वाईलाई एक वर्षभित्र तीन तहको बढुवा गरेका थिए । पछि आफु कागजपत्र, जन्ममिति कृते पेश गरेको प्रमाणित भएपछि महाअभियोगको मुद्दा लागेर प्रधान न्यायाधीशको पदबाट निलम्बित हुन परेको थियो ।

अदालतको कामकाज छोडेर आफूहरूमा नआएको, आफ्ना आदेशहरू एक इमान्दार सिपाहीले स्वीकार गरेझैँ नस्वीकारेको, देशमा निष्पक्ष न्यायको प्रत्याभूति गराउन लागि परेको, आफ्ना पार्टी कार्यकर्तालाई अदालतमा न्यायाधीश नबनाएको,जस्ता मुद्दा लगाएर एक निष्ठ र निष्ठावान प्रधान न्यायाधीश सुशीला कार्कीलाई कांग्रेस र माओवादीले आफूहरू फसिँदै जान थालेपछि महाअभियोगको मुद्दा लगाएका थिए ।
यसरी यी पुराना, भ्रष्ट राजनीतिक पार्टीहरूले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई भद्रगोल र अस्तव्यस्त बनाएर राखेका छन् ।

आज जेन जी आन्दोन पश्चात बनेको नागरिक सराकारको नेतृत्व गर्ने अवसर मिलेको छ उनी पुर्व प्रधान-न्यायधिस सुशिला कार्कीलाई। प्रधानन्यायधिस हुँदा देखाएको कार्य क्षेमतालाइ मुल्यांकन गरेर जीवनको उतारार्धमा देशको प्रधानमन्त्री बनेकी सुशिला कार्कीको कार्य दक्षता र निडरपन अस्ताएको महसुस गरिरहेका छन् नेपाली जनताले ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved