चित्रा,मान्द्राे,डाेकाे, डालाे र फिपि बुन्ने सीप हुँदा पनि, केही सीप नभएर शहर पसेकाे हैन म, शहरमा धान केमा सुकाउछान्? दराज, कुर्सी र पलङहरु कसरी बन्छ ? भन्ने जान्नलाई शहर पसेकाे मान्छे हुँ म!
गाउँमा कुटाे, काेदालि र चपराले कुलाे, बाटाे र आहाल खनेकाे मान्छे हुँ म, शहरमा ड्रेन, पिच सडक र ढलान कसरी बन्छ? भनेर सिक्न शहर पसेकाे मान्छे हुँ म !!

गाउँमा खरकाे घुमाउने छानाे त्याे पनि तीन धुरिवाला घर भएकै मान्छे हुँ म, ३ आना जमिनमा ४ काेठे घर त्याे पनि रिजर्भ टंकि र घर भित्रै शाैचालय भएकाे घर कसरी बन्छ भनेरे जाँच्न शहर आएकाे मान्छु हुँ म !!!
गाउँमा काेदाे,फापर , लाेकल चामल र मकैकाे स्वाद लिएरै बाँचेकाे मान्छे हुँ म, तर, शहरमा देशी चामलकाे स्वाद जाँच्न शहर पसेकाे मान्छे हुँ म !!!!
गाउँमा दर्जनौं छिमेकिहरुकाे चिनजान र भातृत्व सहित साथिहरु सँग हुर्किएकाे ब्यक्ति म, शहरकाे घरमा वल्लाे काेठा र पल्लाे काेठाकाे बिच अपरिचतता कस्ताे हुन्छ भनेर बिचार्न शहर आएकाे हुँ म !!!!!
गाउँमा हरेक कुराहरुमा ठुला ठुला समस्या नै समस्या देखेर गाउँबाट शहर भागेकाे मान्छे हैन म, शहरकाे समस्या सँग पनि फरक अनुभव चाख्न शहर पसेकाे मनुस्य हुँ म !!!!!!
तर, गाउँबाट यी सबकुराकाे जाँच गर्न शहर पसेकाे पनि साँडे दुई दशक बढि भईसकेछ, शहरकाे गतिविधिहरु पनि अब त स्पष्ट बुझियाे, गाउँमा मानव भेटिन्छ तर, शहरमा त दानवमात्र देखियाे,, बाँडेर खान र मायाँ भन्ने त शहरमा रहेनछ सबै गाउँ फर्कि सकेछ, अब भने,शहरबाट गाउँ फर्किदै गरेकाे मान्छे हुँ म !!!!!!
✍️ दिपेश श्रेष्ठ










