Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हाम्रो सपना कहाँ हरायो ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 24, 2025

✍️ दुर्गा क्षेत्री,  जनयुद्धको ऐतिहासिक अवतरणपछि बनेको गणतन्त्रको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। तर गणतन्त्र जन्मेको नौ महिनामै उनले नैतिकताको इतिहास रचे — प्रधानमन्त्रीकै अन्डरमा पर्ने प्रधानसेनापतिलाई हटाउने निर्णयपछि उत्पन्न विवादको जिम्मेवारी लिँदै राजीनामा दिए।

राजनीतिमा इमानदारिता र निष्ठाको प्रतीक मानिएका प्रचण्डको त्यो निर्णय केवल प्रशासनिक थिएन, त्यो संघर्षको निरन्तरता थियो। किनभने, जो तत्कालीन शाहि सेनाहरुले माओवादी आन्दोलनमाथि निर्मम दमन गरेका थिए — त्यही सेनाको नेतृत्वमा रहेका रुक्माङ्गद कटवाललाई उनले हटाउन खोजेका थिए। जनयुद्धको समयमा शाहि सेना मार्फत हजारौं निर्दोष मारिए, महिला बलात्कृत भए, कैयौं यातनाग्रस्त बने। त्यही घाउहरूको सान्त्वना थियो — जनताको सेनाले अब राज्य सञ्चालन गर्छ।

तर, राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्रीको निर्णयलाई अस्वीकार गर्दै प्रचण्डको निर्णयमाथि ठप्पा हानिदिए। विडम्बना, मधेसको छोरोलाई पहिलो गणतान्त्रिक राष्ट्रपति बनाउने जिम्मा लिने पनि प्रचण्ड नै थिए। तर अन्ततः त्यो निर्णय नै उनको लागि राजनीतिक अभिशाप बन्यो।

राजसंस्थाको अन्त्यपछि कांग्रेस र एमाले सत्ताको केन्द्रमा फर्किन आतुर थिए। राजाले खोल्सामा फ्याँकेका ती दलहरू माओवादीको सहयोगले फेरि संसदमा पुगेका थिए। तर गणतन्त्र सुरक्षित भएपछि आफ्नो पुरानै खेलमा फर्किए। प्रचण्ड सफल भए भने आफ्नो अस्तित्व समाप्त हुने डरले ती दलहरू नै प्रचण्ड सरकार असफल बनाउन लागे।

राष्ट्रपतिद्वारा निर्णय रोकिएपछि प्रचण्डले संसदमा स्पष्ट शब्दमा भनेका थिए, नागरिक सर्वोच्चता माथिको यो हस्तक्षेप स्विकार्य छैन। गणतन्त्रको आत्मामाथि प्रहार गर्नेहरुका विरुद्ध ससक्त सडक संघर्ष गर्छौं।

प्रचण्डको राजीनामापछि कांग्रेस र एमालेले दुई ठाउँमा चुनाव हारेर बसेका माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाए — त्यो पनि बाह्य प्रभावको आधारमा। विदेशी सल्लाह र भित्री समझदारीले बनेको त्यो सरकारलाई माओवादीले कठपुतली सरकार भन्दै देशव्यापी रुपमा सडक आन्दोलनमा उत्रियो।

पोखराको अमरसिंहचौरमा माओवादीले विशाल जनसभा आयोजना गरेको थियो। भीडले गर्जिएको थियो — माकुने मुर्दावाद! त्यो भीडकै बीच १३ वर्षको एउटा किशोर पनि नारा लगाइरहेको थियो — जसको नाम थियो दुर्गा क्षेत्री।

तर आज समय उल्टिएको छ। त्यही पार्टी, त्यही आन्दोलन, अब उहि माधवकुमार नेपाललाई नै आवश्यक मान्दैछ। क्रान्तिका घाइते, सहिद परिवार र बेपत्ता योद्धाहरूको आत्माले सायद यही प्रश्न गरिरहेछ — हाम्रो सपना कहाँ हरायो?

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved