Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“अन्तिम प्रेमपत्र बिर्सि जानेलाई”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 24, 2025

 

श्रीराम रानाभाट। उम्रदैन थाहा थियो, फूल छरेको थिएँ ,
तिमीलाई अपनाउने भूल गरेको थिएँ ।
प्रेम आफ्नो ठाउँमा प्रिया, घृणा आफ्नै ठाउँमा ,
दुवै कुरा तिमीसँग कबुल गरेको थिएँ ।

रोपेको फूल फुल्न सकेन छुटेको प्रित भुल्न सकिन ।

सपना ! पहिला जुन उपमा लगाएर सम्बोधन गर्थेँ आज पराइले इर्स्या गर्लान् भन्ने पक्का छ । त्यसैले तिम्रो नामको अगाडि कुनै उपमा लगाउन सकिन क्षमा गर । त्यति नै पठाउँदै छु जति ‘सपनाको’ वरिपरि रह्यो । पानीले तस्बिर नबन्ने पत्थरले तकदिर नबन्ने । सुनेको छु आनन्दमा छौ । नहौ पनि कसरी, मेरो ‘सपना’ तिमी , तिम्रो ‘सपना ‘कोही । अनि मेरो अवस्थाको निधि खोजी गर्न के जरुरत ? आखिर कोही हाम्रो आँसुको लायक हुन्न रहेछ । जो लायक हुन्छ उसले आँसु झर्न पक्कै दिँदैन । यस्तै छ जिन्दगी रोए आँखा दुख्छ नरोए दुख्छ मन ।

सपना! म कुनै मदन बनेर पत्र कुरिरहेको छैन न त रोमियो नै हुँ । साँझ स्कूल पढ्दा कुनै एउटा अध्याय छुटेको थियो त्यति सम्झ । प्रेम त हामीले के गरेका थियौं र प्रेम कहानी लेखौँ । हाम्रो त एउटा समय कटाउने केटाकेटी खेल रहेछ । अहिले पो अनुभूति भयो । ‘लैला मजुन’ जसको प्रेमको इतिहास लेखियो त्यही प्रेमको आड लिएर हामीले त प्रेमको नाटक मात्र गरिरहेका थियौं । सबै पाउन मात्र चाहन्छन् दुनियामा , गुमाउन चाहँदैनन् कोही । तर गुमाउने डरले प्रेमका लागि लिप्त भएँ म । बुद्धि बिग्रिएपछि अनर्थ हुदो रहेछ । पत्थरलाई काट्न र धुलो पार्न सकिने तर लुकाउन नसकिने, साँच्चै भन्दा यो दिल र तकदिरको तालमेल मिल्दो रहेनछ । जो दिलमा हुन्छ त्यो तकदिरमा नहुने ।

पत्र पढेपछि लाग्ने छ यो पागलको हर्कत हो । पागल नै सम्झ सपना, तर बौलाएको छैन । कोसिस पनि नगरेको होइन बौलाउने तर खै केले रोक्यो केले । मानिस स्वभावैले निच त हुँदैन तर दिनभर पानीमा छाता ओडेर हिँडेको व्यक्ति पानी बन्द भएपछि छाता नै भारी लाग्छ उसलाई । म त कहाँ काम आएको थिए र तिम्रो ? म कुनै दार्शनिक त होइन तर प्रेमबियोगको उपज भने पक्कै हो । यो तिमीले दिएको सर्वस्व हो । मायामा धनी गरिब, जातभात, कालो गोरो हुँदैन भन्छन् लोकाज रहेछ यो सबै । सिद्धान्त रहेछ अव्यवहारिक। प्रेम त्यो ताकत हो जसले व्यक्तिलाई खुसी र सन्तुष्टिले भरिपूर्ण पारेर त्यो ऊर्जा, त्यो शक्ति दिन्छ भन्थे तर मेरो हकमा त यो विपरीत हुन गयो । क्षीण गरायो मलाई । सबैले जित्नै चाहने । हामीले पनि प्रेमको दाउ लगाएर हार जितको तमासा हेर्न चाहेका रहेछौं, जुन खेल तिमीले जित्यौ मैले हारेँ । अनुहार हेरेर त कसरी बुझ्नु तिमीलाई ? कहिले तिमी नौनी थियौ कहिले तिमी पत्थर भयौ । भगवानलाई साँचि राखेर वाचा गर्नु पनि देखावटी रहेछ, उखानै लगाउनु रहेछ। कति अवसरवादी हुन्छन् मान्छे कसैको कमजोरी र प्रतिकूल परिस्थितिको फाइदा उठाएर कसैलाई परेको प्रेम वियोगमा यसरी वार्षिकी मनाउँदै जाने । मैले तिमीसँग गुनासो गरेर मायाको अर्थ खोज्न चाहेको पक्कै हैन सपना, मात्र यही भन्न चाहेको हुँ आगो सबैले बलेको ताप्दा रहेछन् तर मेरो अगेनोमा अगुल्टा थिएनन् । जुन खोलीमा, जुन पँधेरोमा पानी छैन कसले धाउँछ र ? तिम्रो रोजालाई पनि मैले स्वीकृति नदिएर तिम्रो इज्जतलाई केरमेट गर्न चाहिन । कमजोरी त सबैमा हुने गर्छन् नि हुन त तर खैर ।

अर्काको चाहनामा कुठाराघात गर्ने अधिकार पनि त कसैमा छैन र थिएन मलाई पनि । तर मेरो भनाइ “बेमौकामा अवसर छोप्न पर्दैनथ्यो तिमीले” मैले त कल्पना नै गर्न सकिन । प्रेमको झुपडी सानो होस् या ठूलो बिछोडको हुरीले हल्लाउन सक्ला भनेर ।

बिर्सिएछु झुपडीको झ्याल ढोका बन्द गर्न । सायद सोचेउ पनि होला मैले दिएको फरियाले आङ ढाकिँदैन । हेर्दा ठिकै लाग्थ्यो तिमी तर छली रहेछौ छली । प्रेमले नै आस देखायो प्रेमले नै धोका, कति स्वार्थी दुनिया हो सबैले खोज्ने मौका । समय त समयमा नै बदलिने तर मान्छेको मन जुनसुकै बेला बदलिने । तिमीले तिमी आफैलाई बिर्सिए पनि मैले मेरो हैसियत र वचन भुलेको छैन ।

जति हिजो म माया गर्थें आज पनि त्यति नै गर्छु, भोलि पनि गर्नेछु । अनवरत ,अभिछिन्न किनकि म त्यागमा पनि उत्तिकै विश्वास गर्छु । तिमीलाई आफैभन्दा बढी विश्वास गरेँ तर त्यो विश्वासको चाबी तिम्रो हातमा थमाइदिएँ तर तिमीले चाबी अरुलाई नै दियौ मलाई मेरै कोठामा बन्द गरेर । म त मूर्ति बिनाको मन्दिर कुरिरहेको छु । पर्खालबिनाको असुरक्षित घर, नङबिनाको पालीस जस्तो जिन्दगी ,फोटो बिनाको एल्बम हुँदा पनि अस्तित्व मेटाउन सकेको छैन । कस्तो यात्रा हो जिन्दगीको हाँसेर बाँच्दा पनि दिन बितेको थाहै नहुने । रुँदै जिउँदा जिन्दगी काट्नै सकेको छैन । आँसुको मूल्य हुन्न भन्छन् तर आँसु जति झर्यो त्यति हलुका हुन्छ मन ।

मन, मुटु र माया गरिबको ढुकुटी जस्तै खाली गरेर दिएँ निष्ठुरीलाई । यहाँ भन्दा कष्ट बढी हुन्छ जस्तो लाग्दैन १७ वर्षीय बिधुवाको जस्तो जिन्दगी । सबैले शरीर सुहाउने कपडा लगाउने हो ,म तिम्रो जोडी हुन सकिन । गुनासो गर्नुको औचित्य नै छैन । तर साँचि नराख्नाले मेरो प्रेमको तमसुक च्यातिदियौ दोस्रो बनाउन नमिल्ने गरी । सागर तर्नेलाई खोलाले कहाँ रोक्न सक्थ्यो र, म लङ्गडोलाई फुटबल टिममा नहुनुको पीडा किन छ ? मेरो हाँडीमा मकैको फूल उठ्न सकेन । कोमल फुल ले चाहिने त पानी नै रहेछ। तिमीलाई के थाहा छ र साँचो प्रेममा मन टुक्रिएपछि हरेक पल चुनौतीपूर्ण बनेर उभिदा रहेछन । बाँचेर पनि नरक देख्नलाई कसैलाई प्रेम गर्नु पर्दो रहेछ । त्यसैले त भन्दा रहेछन् साँचो प्रेम गर्ने मान्छे पलपल मर्छ । जाने त गयो छाडेर रमाउनका लागि, हेर्नेलाई आँखा झिम्काउँदै पीडा ।

मलाई मात्र होइन होला कैयौँलाई यस्तै होला । महत्व तब मात्र बुझिने साथ छुटेपछि, मान्छे चिनाउने समयले नै रहेछ । साथ दिन्छु भन्नेले त साथ छोड्न सक्छन् । आखिर टाढा पनि छैनौ म आफै आउन पनि सक्तिन । मलाई त लुकी लुकी चियाउनु छ । त्यसैमा जिन्दगी छ । मेरो घरको धुरीले तिम्रो घरको आँगनीमा भन्ट्याङ भुन्टुङ खेलेको चिहाइरहेकाछन् । मेरो झुपडीको पर्खाल भत्किए पनि तिम्रो महलको पर्खाल थपिँदै गएको छ । मेरो चौतारीको पिपल मरे पनि तिम्रो चौतारीको बर सप्रिदै गएको छ । तिम्रो खुसीमा म खुसी भइन भने, सन्तुष्टि भैन भने ,तिम्रो समृद्धिमा म चैनमा रहिन भने तिमी र म बीचमा अन्तर रहँदैन । र यो प्रार्थना पनि गर्दिन, चाहना पनि राख्दिन कि तिमी अर्को जुनी मेरै हुनु । किनकि आफ्नो पतिदेवसँगको परम खुसी अर्को पुरुषसँग कोही पनि नारीले कहिले कल्पना गर्न सक्दैनन् ।

हउस् त यहाँँदेखि त्यहाँसम्मको यो सम्झनालाई यसै बिट मार्दै तिमीसँगै बिताएका पलहरूप्रति कृतज्ञ बन्दै फेरि अब कहिलै पत्र नकोर्ने वाचा गर्दै बिदा चाहन्छु ।

उही तिमीलाई नसुहाएको
बिरानो मान्छे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved