मुटु मेरो पागल, तिम्रो यादमा हराउँछ,
टाढा भए पनि तिमी, हरेक साँझ बोलाउँछ।
वाध्यताको भित्तामा बाँधिए ता पनि ,
मनले तिमिलाइ, सदैव खोजी हिड्छ।
आँसुका धारा, मेरो आँखाबाट बगिरहन्छन्,
तिमी बिना यो जीवन, अधुरो लागिरहन्छ।
तिमी टाढा भए पनि, हृदयले सम्झिरहन्छ,
पागल म, तिम्रो नाम मुखबाट फुस्किरहन्छ
आँसुले साटोको गीत, आँखाबाट गाइरहन्छन्।
तिमि बिना मेरो जीवन, अधुरो लागिरहन्छ।

सपनामा तिमी आउँछौ, मुस्कुराउँछौ,
छुन नसके पनि तिम्रो छायाले साथ दिए जस्तो लाग्छ।
हावा चलेको बेला तिम्रो सुगन्ध आउँछ जस्तो लाग्छ,
हरेक बिहान तिमी फर्कन्छौ भन्ने आशा लिएर उठ्छु,
तर मबाट टाढिएकी तिमी, सपना र सम्झना पनि टाढा टाढा भाग्छ।
• प्रेम जैरु (राममणी)










