Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“उत्साह दिने व्यक्तिहरु आफुपनी उत्साहित बन्छन्” त्यसैले उत्साह दिन नछोडौँ।

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 20, 2025

 

कृष्ण कुँवर। कतिपयले तपाईँ हरूलाई दुःखमाथि दुःख, बोझमाथि बोझ, अशान्तिमाथि अझै अशान्ति थपिदिने काम गर्छन्। तपाईँको सबै कुरा राम्रो हुँदा खुशी होईन तर प्राय बेचैन हुन्छन्, तपाईँलाई कष्ट हुँदा तपाईँ बिग्रेर भत्किँदा तपाईँसँगै दुःखी हुँदैनन् तर प्राय: खुशी हुन्छन्। तपाईँको कष्टको समयमा तपाईँलाई यस्तो सल्लाह आउनेछ- तपाईँले यस्तो पाप गर्नुभएकोले… हुनसक्छ, तपाईंको ग्रह-दशा, कुल पितृ बिग्रेकोले….तपाईँका पिता पुर्खाले पाप गरे होलान्?…त्यही भएर…. तपाईँले खशी-बोका-कुखुरा बलिदान दिनुहोस्, पूजापाठ गर्नुहोस्, दान र दक्षिणा दिनुहोस् …. । यस्ता सुझावहरू दिएर- धामी-झाँक्री, ज्योतिष, पुजारी, पास्टर, मतवा, लामाहरु कहाँ यता र उता दौडाउने काम गर्ने प्राय: हुनेछन। घरमा आर्थिक स्थिति कमजोर भएतापनि जसो-तसो जोहो गरेर उसले पूजा-पाठ गर्छ, बलिदान चढाउँछ तरपनि कष्ट, अभाव, अशान्ति त जस्ताको-तस्तै। यता र त्यता दौडाउने हरूको सल्लाहलाई इन्कार गर्नुहोस्। निरुत्साहित बनाउनेहरूका कुरालाई एक कानले सुनेर अर्को कानले उडाउनुहोस्। जहिले पनि निरुत्साहित कुरा गर्नेहरूको त संगतै नगरेको राम्रो।

यो पृथ्वीमा समस्या, दुःख, कष्ट, अभाव, रोग बिनाको मानिस तपाईंले भेटाउन सक्नुहुन्छ? कसैलाई अभाव त नहोला तर त्यसलाई अझै रुपैयाँ-पैसाले नपुगेको पनि हुनसक्छ। त्यसैले तपाईँले चिन्ता गरेर, आफ्नो आयुलाई एक घडी लम्ब्याउन या छोट्याउन सक्नुहुन्न। आफ्नो केसलाई कालो या सेतो बनाउन पनि सक्नुहुन्न। मानिस जातिलाई- के खाने, के लगाउने र के पहिरने प्राय: त्यसैको चिन्ता हो तरपनि फिक्री नगर्नुहोस्।

आजको दिन आजलाई पर्याप्त छ, भोलिको बारे भोलि नै सोचौँला त्यसो त भविष्यको योजना के त? भविष्यको निम्ति योजना नै नबनाउने? यो प्रश्न आउला – योजना बनाउने हो तर प्रतिफलको आशा नगरी, किनकी ति सफल हुन्छ या विफल के थाहा? बनेका भत्केका छन्, भत्केका बनेका छन्। पृथ्वी रहुन्जेल यो नियमित प्रक्रिया हो। तर भविष्यको बारे फिक्री गरेर बसिरहँदा आफ्नो जीवन कतिबेला समाप्त हुन्छ थाहानै हुँदैन, त्यसैले आफूलाई वा जो कोहीलाई पनि निरुत्साहित होइन तर उत्साहित बनाउने काम र कुरा गरिरहौं।

बिग्रेपनि- तपाईँ ठिक हुनुहुनेछ। भत्केपनि- फेरि बन्नेछ। दुःख-कष्ट परेतापनि- तपाईँको सुख र समृद्धिका दिन आउनेछन्। गरिब भएपनि- एकदिन तपाईँ सम्पन्न हुनुहुनेछ, मेहनत गर्न नछोड्नुहोस्। किनकि तपाईँसँग करोडौं मूल्यका हातहरु, खुट्टाहरु, आँखाहरु, स्वस्थ सिङ्गो शरीर छ। तपाईँ गरिब हुनुहुन्न। अशान्ति र बेचैनी भएको छ भनेपनि- नआत्तिनुहोस् सबै कुरा असल हुनेछ। तपाईँले यो समस्यालाई जित्न सक्नुहुनेछ। ” हाम्रो जीवनमा धेरै समस्या आउन सक्नेछन् तर समाधानका उपाय पनि हाम्रा नजिकै हुनेछन्।” बिरामी भएपनि- तपाईँ निको हुनुहुनेछ। जे छ त्यसैमा सन्तुष्टि हुनुहोस्। हेर्नुस् त शरीर अस्वस्थ भएकाहरू, हेर्नुस् त अस्पतालको सैयामा भएकाहरू, तरपनि उनिहरुको निम्ति आशा छ। तपाईँ त झन स्वस्थ हुनुहुन्छ। निरुत्साहित नहुनुहोस्, फेरि खडा हुनुहोस्। समस्याको डटेर सामना गर्नुहोस्, मनलाई बलियो पार्नुहोस्। तपाईँको निम्ति म प्रार्थना गर्नेछु। तपाईँका दिनहरू सुखद हुनेछन्। जे हुन्छ असल र राम्रोको निम्ति हुन्छ। यी कुराहरूले उत्साह दिउँ। सकिन्छ भने आर्थिक सहायता पनी गरौँ।

तर सकिन्न भने यो गर्नुहोस्, त्यो गर्नुहोस् भन्दै निरुत्साहित पार्ने, सामाजिक सञ्जालमा पनि यो भिडियो, फोटो सेयर गर्नुहोस् यो लाइक गर्नुहोस्, यो कमेन्ट गर्नुहोस्, देखेको नदेखै नगर्नुहोस्, लाइक, सेयर, कमेन्ट गर्नुभएन भने तपाईँलाई हजारौं कष्ट आउनेछ अनिष्ट हुनेछ भन्दै डर र त्रास देखाएर अनेकौ कामको बोझ थुपारेर कष्ट दिने काम नगरौँ। यस्ता नचाहिने वहियात कुरामा विश्वास गर्नपनि हुँदैन। बरु उत्साहका कुरा गरौं। शान्ति र आनन्दका कुरा गरौं। हाँसो र खुशीका कुरा गरौं। प्रशंसाका कुरा गरौं। उत्साह दिने ब्यक्तिले नयाँ उत्साह प्राप्त गर्छ। उत्साहले धेरैका कष्टलाई दूर गर्नसक्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved