Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मोबाइलको लत, एक दिनमा औसत कति पटक mobile touch गर्नुहुन्छ…?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2025

सामन्य आदत भएका मान्छेले दैनिक २६०० पटक तर mobile लत लागेका हरुले ५४०० पटक भन्दा बढी । एक दिन मा mobile को screen मा हेर्ने समय कति होला… ६ घन्टा भन्दा बढी । यसरी smart phone मा तल्लीन रहन्छौं भने दिमाखमा के हुन्छ होला…? हाम्रो देशको करिब ३ करोड जनसंख्यामा १ करोड ३७ लाख मान्छेले social media प्रयोग गर्छन । त्यसमध्ये facebook प्रयोग कर्ता करिब १ करोड २५ लाख छन् । आज social media को लतलाई drugs, alcohol, cigarette gambling सँग तुलना गरिन्छ । सुन्दा अचम्म लाग्छ । कति अलग छ सोसल मिडिया र ड्रग्स । तर शरीरमा जुन असर पार्छ धेरै हदसम्म तुलना गरिन्छ ।

जसरी सुरुमा ड्रग्सको एक सानो मात्राले पनि धेरै आनन्द दिन्छ (किक) दिन्छ अब त्यही आनन्द पाउनका लागि भोलि यसको मात्र थप्नुपर्छ । बिस्तारै मात्रा थपिंदै जान्छ । हिजोकै label को kick पाउनाका लागि । सिगरेट पनि यही हो । अल्कोहल पनि यही हो । कुनै पनि प्रकारको ग्याम्बलिङमा पनि त्यही हो । त्यसैगरी सोसल मिडियाले पनि इन्स्टेन्ट रिवार्ड(instant reward )तुरुन्तै मिल्ने खुसी या प्रतिक्रिया दिने गर्छ । केहि पोस्ट गर्नासाथ केहि likes आउँछन्, comments आउँछन् । बिस्तारै हाम्रो दिमागले डायरीमा लेख्न थाल्छ । यो चिजले मलाई खुसी मिल्यो। यो फेरि गर्छु । Excitement हुन्छ । जति लियो जति प्रयोग गर्यो त्यति आनन्द । जब जब त्यहाँ डुब्दै गयो…हिजो १०० लाइक्स (likes ) आयो पाँच ५ कमेन्ट आए, पाँच friend request आयो । त्यहि label को खुशी पाउन हालेको पोस्ट मा आज १०० likes, ५ कमेन्ट आएनन्… अब के हुन्छ ? Drags मा dose नपुगे जस्तो ।

Social media addiction को पछाडिको कारण के हो ?
दुईवटा कारण छन्
१)easy access
२)speedy reward.
त्यो दुईवटै रिस्क फ्याक्टर (risk factor) ले हामीलाई एडिक्टेड (addicted) बनाउँछ । easy access भनेको सजिलै चलाउन सकिने, पाइने । अर्को तुरुन्तै सेम टाइम (same time) हर्ष होस् या विस्मात प्राप्त हुने …। पढाइमा लत लाग्दैन, जागिरमा लत लाग्दैन ,व्यापार व्यवसाय या अन्य ठाउँमा लत लाग्दैन । शारीरिक व्यायाम गर्नमा पनि लत लाग्दैन किनकि त्यहाँ न सजिलै छिर्न सकिन्छ न रिजल्ट तुरुन्तै मिल्छ । त्यही चिजलाई फोन र सोसल मिडियाको आँखाबाट हेरौँ । कुनै पनि सोसल मिडिया होस् फोन उठाउनु ट्याप ट्याप गर्नु, application खुल्यो,टकटक….इजी एक्सेस(easy access) ।

दोस्रो चिज कुनै पोस्टहरू लाइक, कमेन्ट, एसएमएस त्यहाँ हेरेर जे पाइन्छ त्यो speedy reward. आज TikTok एक नम्बर application बनेको छ किन ? सबैभन्दा इजी एक्सेस (easy access) र तुरुन्तै आँखामा आनन्द …। केही चिजको खोजी पनि गर्न पर्दैन आफै आउँछ । हरेक १५, २० सेकेन्डमा रिवार्ड (reward) मिल्छ नयाँ नयाँ ।

सोसल मिडिया कम्पनीहरुले जानीबुझी यस्तो बनाएका छन् । उनीहरूले स्टडी (study) गरे,अनुसन्धान गरे मनोवैज्ञानिक रूपमा मान्छेहरू के मा आकर्षित हुन्छन्, के मा एडिक्टड(addicted )हुन्छन् । के गर्दा हाम्रो app बढी प्रयोगमा आउँछ,कसरी धेरै समय हाम्रो स्क्रिनमा हेरेर समय कटाउँछन् भन्ने कुरा पत्ता लगाए । हामीलाई monupulate गरे । हामीलाई एउटा शिकारको रुपमा देखे चलाखीपूर्ण तरिकाले जाल बिछाए ।

पहिला पहिला फेसबुकमा स्क्रोलिङ गर्दै गएपछि पेज सकिन्थ्यो,अहिले जति स्क्रोलिङ गरे पनि सकिँदैन । तपाईँले के चिज हेर्नुभयो, के मा लाइक like गर्नुभयो। त्यही हाम्रो साइकोलोजी( psychology )लाई बुझेर त्यस्तै त्यस्तै कन्टेन्टहरु (contains )हाम्रो मोबाइल स्क्रिनमा आउने गर्छन् । हामी जति धेरै समय मोबाइलमा या कुनै app मा बिताउँछौं उनीहरुलाई उति नै फाइदा छ। यो व्यापार हो । कस्ता कस्ता दिमाग भएका व्यक्तिहरूलाई हायर (hire) गरेर तपाईं हाम्रो मनोविज्ञानको खुराक पत्ता लगाउन खटाएका छन् । सजिलो बाटो र छिटो प्रतिक्रिया दिएर easy एक्सेस(easy access ) र स्पिड रिवार्ड speedy reward.

Social media मोबाइलको फाइदा के छ…? फाइदा त सयौं होलान् तर बेफाइदा पनि उत्तिकै छन् । Buy one get one free. एउटा फाइदा लिनुहोस् अर्को बेफाइदा पनि लिनुहोस् । रिसर्चले (research )भन्छ। सोसल मिडियाको सबैभन्दा ठूलो असर टिनएजमा (teenage )पर्ने गर्छ । मोबाइलमा लत लागेको मान्छेलाई एकछिन इन्टरनेट नहुनपर्छ, हातबाट मोबाइल खोसिदिनुपर्छ, छटपटी सुरु हुन्छ । उनीहरूमा क्रोध उत्पन्न हुन्छ ।

टेन्सन सुरु हुन्छ । आत्मबल कम्ती हुन्छ, काम र पढाइलाई प्रभावकारी बनाउन सकिँदैन। यसले हाम्रो मेमोरी (memory )मा असर गर्छ ।औँला, नाडी, शारीरिक बनावटमा असर त गर्छ नै एक्लोपनका शिकार हुन्छन् र डिप्रेसन(depression )मा जान्छन् । आज जतिले सोसल मिडिया मार्फत सम्बन्ध बनाएको भएतापनि त्यो भन्दा सयौं गुणा बढी सोसल मिडियाकै कारण सम्बन्ध टुटेका छन् । अनैतिक सम्बन्ध राखेका छन् । साथी नातागोता भए online मा कुरा हुन्छ तर प्रत्यक्ष भेटघाट हराउँदै गएको छ । कसैले हामीले पोष्ट गरेको फोटोमा लाइक(like )कमेन्ट(comment ) नगरेकै भरमा बोलचाल बन्द भएको छ । यसले व्यक्तिको निन्द्रा लुटेको छ । Creative दिमाखलाई सबै कुरा तयारी( readymade ) बनाएर देखाएको छ । प्रगति रोकिएको छ । love, break up, depression & suicide …यहाँ भन्दा हानिकारक अरु के चाहियो….?

समाधान :
म भन्न सक्दिन सबै कुरा बन्द गर्नु। त्यसो त यो लेख पनि सोसल मिडिया मार्फत नै हेर्दै हुनुहुन्छ । म जे गर्छु सोसल मिडिया मार्फतै गर्छु तर सवाल एडिक्सन(addiction)लाई कसरी रोक्ने भन्ने हो । यसको जवाफ पनि त्यही दुई कारणमा लुकेको छ । easy access र speedy reward. यो दुईटालाई कम्ती गर्न सकिन्छ । कति सजिलो बनाएका छौं हामीले। मोबाइल उठायो, finger लायो फेसबुक,टिकटक, इन्स्टाग्राम, एप्लिकेसन दबायो, खोल्यो। यदि यति सजिलो थिएनन भने पक्कै यसको पछाडि यसरी लागिँदैन थियो । त्यो तत्कालै मिल्ने हर्ष विस्मात एक वर्ष पछाडि मिल्थ्यो भने यसको पछि लागिँदैन थियो ।

अब सानो काम गर्नुहोस् ।
१)मोबाइलको नोटिफिकेसनहरू (notifications)बन्द गर्नुहोस् । notificationहरू बन्द गरियो भने केही हदसम्म मोबाइलमा आँखा लगाउन बन्द हुन्छ ।
२)अर्को कुरा ती डाइरेक्ट( direct )खुल्ने मोबाइल एपलाई डिलिट गरेर google ब्राउजरमा बाट खोल्न थाल्ने हो भने अलि झन्झट हुन्छ र हामीलाई ती एप्लिकेसनहरू खोलिरहन मन लाग्दैन । बिस्तारै मोबाइल प्रयोग कम हुन्छ । जुन चिज जति सजिलै प्राप्त हुन्छ र जति छिटो प्रतिफल मिल्छ त्यसमा लत लाग्छ नै त्यसैलाई झन्झटपूर्ण बनाइयो भने त्यति नै टाढा रहन सकिन्छ ।
याद राख्नुपर्ने कुरा कुनै पनि एडिक्सनमा (addiction)हामी स्वयं आफै आफ्नै कारणले फस्ने गर्छौं र त्योबाट बचाउन पनि आफैंले सक्छौं । अरुले होइन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved