Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

को हुन् विश्वकर्मा बाबै (बड्डा) ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2025

आज असोज कृष्ण एकादशी तदनुसार सेप्टेम्बर -१७ अर्थात् विश्वकर्मा पूजा । आज हिन्दुधर्मावलम्बीहरुले शिल्पी तथा निर्माण आविष्कारकका रूपमा भगवान् विश्वकर्माको धुमधामसङ्ग पूजा-अर्चना गर्ने गर्दछन् । आज विश्वकर्मा दिवस भएको हुनाले विश्वकर्मा को हुन् ? भन्ने विषयमा छोटो जानकारी गराउदैछु ।

विश्वकर्मा बाबाबारेमा हिन्दुशास्त्रहरुमा विभिन्न प्रकारका विवरणहरु पाइन्छ । हिन्दुशास्त्रहरुमा विश्वकर्माबारे मतैक्यता पाइदैन । विभिन्न लेखक, अन्वेषकहरुले विश्वकर्मा बाबाबारे फरकफरक विचारहरु राख्दै आएको पाइन्छ । कतिपय समीक्षकहरुले विश्वकर्मा कुनै खास व्यक्ति नभएर यो त केवल उपाधि मात्र हो भन्ने धारणा राखेको पाइन्छ ।

उनीहरुको विचार के देखिन्छ भने विश्वकर्मा शिल्प तथा आविष्कार गर्ने विज्ञलाई भनिएको र यो क्रम अध्यावधि पाइन्छ । कसैले भने विश्वकर्मा भनेको अङगिरापुत्र सुन्धन्वालाई मान्छन् भने कसैले भुवनपुत्र भौवनलाई मान्दछन् । यसरी नै कतिपय अध्येताहरु भने गणेश पत्नी ऋद्दि सिद्दिकी बाबा प्रजापति विश्वकर्मालाई नै खास विश्वकर्मा मान्दछन् । प्रजापति विश्वकर्माकी दुई छोरीहरु ऋद्दि र सिद्दिको विवाह शङकरपुत्र गणेशसङ्ग भएको र उनीहरुबाट दुई पुत्र क्रमशः ऋद्दिबाट क्षेम अर्थात “शुभ” र सिद्दिबाट “लाभ” दुईपुत्र “शुभ-लाभ”को जन्म भएको भन्ने विवरण पाइन्छ ।

विश्वकर्मा बाबाबारे वेद, पुराण, महाभारत आदि संस्कृत वाङमयहरुमा चर्चा पाइन्छ । ऋगवेदमा ११ वटा विश्वकर्मा सूक्त रहेको चर्चा गरिन्छ भने यजुर्वेदमा पनि विश्वकर्माबारे विभिन्न ऋचाहरुमा चर्चा भएको पाइन्छ । पुराणहरुमा भने उनीबारे प्रशस्त उल्लेख भएका छन् । पुराणहरुमा खास गरेर स्कन्द,वायु, मत्स्य,बराह आदि पुराणमा विश्वकर्माबारे चर्चा गरिएको पाइन्छ भने महाभारतमा समेत विश्वकर्मा बाबाबारे चर्चा गरिएको पाइन्छ । पुराणहरुमा विश्वकर्मालाई विश्वको जननी वा आविष्कारकको रूपमा पनि उभ्याइएको देखिन्छ ।

उनले नै ईन्द्रपुरी, यमपुरी, वरुणपुरी,कुवेरपुरी, पाण्डवपुरी, शिवमण्डलपुरी, सुदामापुरी निर्माण गरेको मानिन्छ । यसका अतिरिक्त कर्णका कुण्डल,विष्णुको सुदर्शन चक्र,शङकरका त्रिशूल आदि पनि उनै विश्वकर्मा बाबाले बनाएको मानिन्छ । यतिमात्र होइन स्वयं ब्रम्हा,विष्णु र महेश नै विश्वकर्माको आविष्कार हो भन्ने विवरण समेत पुराणहरुमा पाइन्छ ।
विश्वकर्माको अनेक रुप, अवतार र सन्दर्भहरुको चर्चा पाइन्छ । उनको विभिन्न अवतारमध्ये मुख्य पाँच अवतार देहाय अनुसार मानिन्छ:
१) विराट विश्वकर्मा,
२) धर्मवङशी विश्वकर्मा,
३) अङगिरावङशी विश्वकर्मा,
४) सुधन्वा विश्वकर्मा र
५) भृगुवङशी विश्वकर्मा ।

मुख्य रूपमा यी पाँच थरिका विश्वकर्माको चर्चा पुराणहरुमा पाइन्छ । स्कन्द पुराणमा पाँच मुख भएको विश्वकर्माको चर्चा पाइन्छ । जसनुसार क्रमशः मनु,मय, त्वष्ठा,शिल्पी र देवज्ञ । परमेश्वर विश्वकर्माको यिनै पाँच मुखबाट पाँच पुत्रको रूपमा ऋषि मनु, ऋषि मय, ऋषि त्वष्ठा,ऋषि शिल्पी र ऋषि देवज्ञका रूपमा प्रादूर्भाव भएको विवरण पनि पुराणहरुमा पाइन्छ । बाबा विश्वकर्माका यी पाँच पुत्रहरुका विवाह क्रमशः मनुको अङगिरा ऋषिपुत्री कन्चनासङ्ग, दोस्रो पुत्र मयको पराशर ऋषिपुत्री सौम्यासङ्ग, त्वष्ठाको कौषिक ऋषिपुत्री जयन्तीसङ्ग, शिल्पीको भ्रुगु ऋषिपुत्री करुणासङ्ग र पाँचौँ पुत्र देवज्ञको जैमिनी ऋषिपुत्री चन्दृकासङ्ग भएको उल्लेख पाइन्छ ।

विश्वकर्मा बाबालाई विभिन्न शब्दहरुले पनि सम्बोधन वा बुझाउने गरिन्छ । खास गरेर रथकर,पांचाल र स्थापत्य । यी तीन शब्दको शाब्दिक अर्थ भने शिल्पी ब्राह्मण, आविष्कारक आदि नै लाग्ने गर्दछ । यसरी हेर्दा के देखिन्छ भने हिन्दू शास्त्रहरुमा विश्वकर्माबारे फरकफरक शास्त्रहरुमा, फरकफरक प्रसङ्गमा फरकफरक चर्चा गरिएको पाइन्छ । उनी कुनै खास आदि पुरुष वा एउटै व्यक्ति हुन् कि उपाधि वा वङशपरम्परा भन्ने विषयमा पनि फरकफरक विचारहरु पाइन्छ ।

समग्रमा भन्ने हो भने विश्वकर्मा कुनै व्यक्ति, संस्था वा वङशपरम्परा नभएर यो त खास खास समयमा देखा परेको प्रतिभावान व्यक्तिको उपस्थिति हो । विभिन्न समयमा जन्मिएको वा देखापरेको विशिष्ट प्रतिभावान व्यक्तिहरुलाई विश्वकर्मा भनियो र विभिन्न चरणको विश्वकर्माबारे चर्चा गरिए पनि उनीहरु सबैलाई एउटै मानियो,भनियो । ऋगवेददेखि यजुर्वेद हुँदै पुराण र महाभारतसम्मका विश्वकर्मा एउटै हुन सक्दैन । यसरी विभिन्न चरणमा जन्मिएका शिल्पकाराहरुलाई, आविष्कारक र कलाविज्ञहरुलाई नै विश्वकर्माका विभिन्न अवतार मानिए परन्तु उनीहरु फरकफरक समयमा जन्मिएका फरकफरक विश्वकर्माहरु हुन् । वस्तुतः विश्वकर्मा अर्थात् शिल्पज्ञानवाला विशिष्ट व्यक्तिलाई नै विश्वकर्मा भनियो ।

जसरी व्यासबारेमा विवाद र बहस छ हिन्दू शास्त्रहरुमा वा अध्येताहरुमा पाइन्छ त्यसरी नै विश्वकर्माबारे पनि विवाद र बहस देखा परेको छ । वेद र महाभारतको सर्जक वा सङकलक व्यासलाई माने झैँ विश्वकर्माको पनि चर्चा र विवरण पनि पाइन्छ । जसरी ऋगवेददेखि महाभारतसम्म हजारौँ वर्षको अन्तरालमा लेखिएको ग्रन्थको लेखक एउटै व्यास हुन सक्दैन अर्थात् वास्तवमा व्यास भनेको परम्परा हो जुन वर्तमान समयसम्म व्यासाशन गर्ने प्रचलन छ त्यसरी नै विश्वकर्मा पनि उपाधि हो । विभिन्न समयमा जन्मिएका विशिष्ट कलाकार वा आविष्कारकलाई विश्वकर्मा भनियो जसको प्रभाव र प्रयोग वर्तमान समयसम्म पनि देख्न पाउन, सकिन्छ ।

 

डा.भक्त राई
साम्पाङ निवास
ढोलाहिटी, ललितपुर ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved