काठमाडौं। SK Mission Media का अध्यक्ष तथा सामाजिक अभियान्ता शिव प्रसाद अधिकारीले देशमा फैलिएको बेथिती, विसङ्गती र भ्रष्टाचारविरुद्ध उठिरहेको जेन–जी आन्दोलनमा आफ्नो पूर्ण समर्थन जनाउनुभएको छ। उहाँका अनुसार यो आन्दोलन केवल असन्तुष्टि प्रकट गर्ने मात्र नभई देशमा सकारात्मक परिवर्तन ल्याउने नविन आवाज बन्न सक्छ।
अधिकारीले भन्नुभयो, “ २८ बर्स मुनिका युवाहरुले उठाएको कदम स्वागतयोग्य छ। यस आन्दोलनले हाम्रो समाजमा न्याय, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउन सहयोग पुर्याउनेछ। तर, यो आन्दोलनलाई कसैले राजनितिकरण गर्ने प्रयास नगर्नु होला। यो कुनै दल, पार्टी वा कुनै व्यक्तिको होइन; यो नितान्त २८ बर्ष मुनिका युवाहरुको अभियान हो।”

उहाँले सबै नागरिकलाई आह्वान गर्नुभयो कि आन्दोलनमा सहभागी हुँदै पनि शान्ति, संयम र सकारात्मक दृष्टिकोण कायम राख्नुपर्छ। अधिकारीले आगामी दिनमा पनि सत्य, निष्पक्षता र सुधारका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो र युवाहरुको अभियानले देशमा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।










