हिमांशु राय – मोरङ । नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले आफ्नो नियमित रचनावाचव साहित्यीक कार्यक्रम भब्यताको साथ सु सम्पन्न गरेको छ।
विराटनगर-४, मोरङमा रहेको दाहाल प्रतिष्ठानको सभाहलमा कार्यक्रमको आयोजना गरेर ३७ औँ साहित्यिक शृङ्खला सम्पन्न गरेको हो।
विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव दिनेशराज सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, सिर्जनामा इनरुवा सचिव रमेन्द्र कोइराला, विराट मैथिल नाट्य कला केन्द्रका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानका केन्द्रीय महासचिव सूर्यकुमार दाहाल, अन्तर्राष्ट्रिय कवि राजेन्द्र गुरागाईँ, समीक्षक हरिप्रसाद दाहाललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उमानाथ भट्टराई अचल, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने, पुष्पा सायरा, नानुमैया दाहाल, राधा सुवेदी, गीतादेवी पोखरेल, सुशीला प्रसाईँ, स्वयम्भूनाथ कार्की, उद्धव केसी, ऋषि तिवारी, भूपाल अधिकारी, शैलेन्द्र घिमिरे, प्रेमप्रसाद रिजाल, नेत्र खतिवडा, शान्ता भट्टराई, केशव रिजाल, कर्ण सञ्जय, सिर्जना प्रसाईँ, मदन भण्डारी, कुमार श्रेष्ठ, रेनुका राई, श्रेया सापकोटालगायतका स्रष्टा – कलाकारहरूले रचनावाचन गरेका थिए।
नोवेल साकोस साहित्य संस्थाले यश अघि क्रमश ३६ ओैं साहित्यीक शृङ्खला यसै गरि भब्यताको साथ सम्पन्न गरिसकेको छ। कार्यक्रममा समीक्षक हरिप्रसाद बराललाई सम्मान गरिएको थियो । मञ्जु दाहाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव सुजता राईको रहेको थियो।










