हिमांशु राय – मोरङ । कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कृतिको ‘समयका तरङ्ग’ कवितासङ्ग्रह को लोकार्पण भएको छ ।
विराटनगर -१, मोरङमा रहेको विष्णुमाया पुस्तकालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा ढकालको उक्त कविता संग्रहको लोकार्पण भएको हो ।

यस अघि पनि प्रिन्स प्रमोद ढकालले आफ्नो पहिलो कृतिको रुपमा “अतितको डायरी” नामक कविता संग्रह आफ्ना पाठकहरुका माझ पस्किसकेका छन्। ढकाल लामो समय देखि साहित्य साधनामा अनवरत रुपमा लागिपरिरहेका छन्।
उनको “समयका तरङ्ग” नामक कविता संग्रह लोकार्पण कार्यक्रम प्रा.कविराज पोखरेलको प्रमुख आथित्यमा प्राज्ञहरू खेम नेपाली, विवश पोखरेल र गङ्गा सुवेदी,यस्तै संस्कृतिकर्मी महेश रेग्मी, अग्रज स्रष्टा बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठानका कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति भएको हो।
लोकार्पण कार्यक्रममा लोकार्पित ” “समयका तरङ्ग ” कविता संग्रहको बारेमा बोल्दै पहिलो कृतिको तुलनामा दोस्रो धेरैनै सरल र परिस्कृत रहेको बाबुराम पोखरेल र विवश पोखरेलले टिप्पणीका क्रममा बताए।साथै एउटा राम्रो कृतिका लागि कवि ढकाललाई बधाइ तथा शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा हरि कट्टेल, सुमन पोखरेल, केशु विरही, रमेन्द्र कोइराला, मीनकुमार नवोदित श्रेष्ठ, दिनेशराज सुवेदी, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, सीमा आभाष, रमेश निरौला, रोहिणी रसिक, सिजन श्रेष्ठ, पुष्पा सायरा, गोविन्द ढुङ्गाना, शारदा कार्की, राधा भट्टराई, शारदा कार्की, डोमी कामत, मदन भण्डारी, विनोद विवश घिमिरे, केपी घिमिरे, एलपी पराजुली, गीताप्रसाद श्रेष्ठ,लगायतका स्रष्टा,सर्जक,संस्कृतिकर्मी एवम कलाकलाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विनोद विवश घिमिरे, नेत्र खतिवडा, लक्ष्मी रायमाझी, शिवनारायण सिङ्गल, प्रयाग न्यौपाने, लीलानाथ सिलवाल, प्रतिमा निरौलालगायतका स्रष्टाले कृतिभित्रका कविता वाचन गरेका थिए।
कार्यक्रममा प्राज्ञहरू गङ्गा सुवेदी, खेम नेपाली, संस्कृतिकर्मी महेश रेग्मी, प्रकाशन संस्थाका अध्यक्ष मधु पोखरेल, लेखकका आफन्त अर्जुन गिरीलगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो।
विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नाट्यकर्मी,कवि भरत गुरागाईं बर्बरिकले गरेका थिए।











