काठमाडौं । संविधान दिवस (३ असोज) नजिकिँदै गर्दा एमाले बाहेकका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू पार्टी एकताको अन्तिम तयारीमा छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, आजपा, विप्लव नेतृत्वको नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताका लागि सैद्धान्तिक छलफल जारी छ ।

तर, एकीकृत समाजवादी र अन्य दलमा आन्तरिक विवाद बढेपछि एकताको प्रक्रिया तीव्र बनाइएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार विभिन्न पार्टीबीच शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने विषयमा छलफल भइरहेको छ र छिट्टै मूर्तरूप आउनेछ ।
प्रचण्ड र माधवकुमार नेपाल पार्टी एकताका लागि सहमत भइसकेका छन् भने प्रचण्डले साह र विप्लवसँग पनि छलफल सुरु गरेका छन् ।
पार्टीभित्र उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको चुनौती दिँदै आएका छन् भने नेपालमाथि पतञ्जली जग्गा काण्डको भ्रष्टाचार मुद्दा दर्ता भएपछि राजीनामाको दबाब बढेको छ ।
एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले नेपालको मनोमानी शैली र अहंकारी व्यवहारका कारण पार्टी विघटनको जोखिम बढेको ठानेका छन् ।
असन्तुष्ट नेताहरूको भेलाले माओवादी केन्द्रलाई पार्टी बुझाउने निर्णय गरेको र अन्य पदाधिकारीका विषयमा छलफल जारी रहेको जनाइएको छ ।










