Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल संघीय समाजवादी पार्टीद्वारा उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता, सरकारसँग माग पुरा गर्न जोडदार दबाब

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2025

काठमाडौं। उखु किसानहरूका जायज मागलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले आज एक ऐतिहासिक कदम चालेको छ। किसानहरूको पीडा, उनीहरूको संघर्ष र मागलाई आत्मसात् गर्दै पार्टीले पूर्ण ऐक्यबद्धता जनाउनुका साथै तत्काल समस्या समाधान गर्न सरकारलाई कडा शब्दमा आग्रह गरेको छ।

आज माइतीघर मण्डलामा जारी आन्दोलनरत किसानहरूसँग एक्यबद्धता जनाउन पार्टीको प्रतिनिधि टोली पार्टीका केन्द्रीय उपमहासचिव जनक कार्कीको नेतृत्वमा पुगेको थियो। उक्त टोलीमा पार्टीका केन्द्रीय सचिव दिनेश पाख्रिन, बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङ, केन्द्रीय सदस्य राजेन्द्र रामसहित अन्य केन्द्रीय सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

उनीहरूले किसान आन्दोलनलाई समर्थन गर्दै किसानहरूको जायज माग तत्काल पूरा गर्न सरकारलाई कडा चेतावनी दिएका छन्। प्रतिनिधि टोलीले सरकारको लापरबाही र उदासिनताका कारण किसानहरू झन् दयनीय अवस्थाबाट गुज्रिनु परेको भन्दै सरकार अब पनि गम्भीर नभए पार्टी सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ।

कार्यक्रम स्थलमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय उपमहासचिव जनक कार्कीले भने,
“उखु किसानहरू यो देशका मेरुदण्ड हुन्। उनीहरूको रगत-पसिनाको मोल राज्यले बेवास्ता गर्ने काम अब सह्य हुँदैन। नेपाल संघीय समाजवादी पार्टी किसान आन्दोलनसँग काँधमा काँध मिलाएर उभिन्छ, र सरकारलाई किसानका जायज माग तुरुन्त पूरा गर्न बाध्य पार्छ।”

त्यस्तै, केन्द्रीय सचिव दिनेश पाख्रिनले किसानलाई वेवास्ता गर्नु राष्ट्रघात सरह भएको उल्लेख गर्दै भने,
“राज्यले किसानलाई अपमानित बनाउने हो भने हाम्रो पार्टी चुप लागेर बस्दैन। कृषकको पसिनाको मूल्य तिर्नु सरकारको दायित्व हो, दया होइन।”

बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङले किसानहरूको माग पुरा नगरेसम्म आन्दोलन झनै चर्किने चेतावनी दिँदै भने,
“आज किसानहरू पेटभरि खान र ऋण तिर्न संघर्षरत छन्। उनीहरूको न्यायोचित हक दिन नसक्ने सरकार कायर सावित हुनेछ।”

यसैगरी, केन्द्रीय सदस्य राजेन्द्र रामले किसानको संघर्षलाई ऐतिहासिक बलिदानसँग तुलना गर्दै भने,
“देशको विकासको बाटो कृषकको समृद्धिमा टेकेको हुन्छ। किसानलाई न्याय बिना समृद्ध नेपाल सम्भव छैन।”

पार्टीले जारी प्रेस विज्ञप्ति मार्फत समेत किसान आन्दोलनलाई समर्थन गर्दै कृषकका सबै माग तत्काल पूरा गर्न सरकारलाई पुनः आग्रह गरेको छ।नेपाल संघीय समाजवादी पार्टीको आजको ऐक्यबद्धता प्रदर्शनले किसान आन्दोलनलाई नयाँ ऊर्जा दिएको छ। पार्टीले किसानका पक्षमा उभिँदै किसानमैत्री राष्ट्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता फेरि स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved