श्रीराम रानाभाट, दुबई । नारीहरुको महान पर्व ‘हरितालिका तीजको’ अवसर पारेर ‘कास्की आदर्श समाज युएईले’ दुबई मा विविध साँकृतिक प्रस्तुतिहरु सहित तीज पर्व मनाएको छ ।
आफ्नो घर, परिवार छोडेर कामको सिलसिलामा संयुक्त अरब इमिरेट्स मा पुगेका कस्केली तथा गैर कस्केली दिदीबहिनी हरुलाई दाजुभाइ हरुले तीजको अवसर पारेर “माइतीको नियास्रो मेटाउने” उद्देश्यले हरेक वर्ष हरितालिका तीज कार्यक्रम गर्दै आइरहेको छ ।
समुद्री क्रुज मा दृष्याबलोकन सहित आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३ सय जना भन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरुको बाक्लो उपस्थिति थियो ।

कास्की आदर्श समाज युएईका संस्थापक संरक्षक कृष्ण बहादुर ढकाल को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा युएईमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु को समेत बाक्लो उपस्थिति रहेको थियो ।










