दिपेश श्रेष्ठ, काठमाडौं । नेपालको उत्तर–पश्चिमी सुदूरपश्चिम क्षेत्रमा अवस्थित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र दशकौँदेखि नेपाल, भारत र चीनबीचको राजनीतिक, कूटनीतिक र भूराजनीतिक विवादको केन्द्रबिन्दु बनेको छ। यो क्षेत्रको स्वामित्वबारे प्रश्न नयाँ होइन; यसको इतिहास अंग्रेज शासनकालदेखि सुरु भएर आजसम्मको तनाव, सम्झौता र संघर्षले भरिएको छ।
हामी ब्रिटिशकालीन युद्ध, सुगौली सन्धि, भारत–चीन युद्ध, सीमांकनका विवाद, र हालसम्मको अवस्थाबारे विस्तृत विवरण हेराैँ :

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय सीमामा अवस्थित एक भुमि हाे। लिपुलेक नेपाल–भारत–चीन जोड्ने सामरिक पास, चीनको तिब्बत क्षेत्र प्रवेश गर्ने महत्वपूर्ण व्यापारिक नाका ममनिन्छ।
लिम्पियाधुरा कालीनदीको उद्गमस्थल मानिने क्षेत्र, ऐतिहासिक रूपमा नेपालको सीमाको आधार हाे भने कालापनी सामरिक दृष्टिले अति संवेदनशील क्षेत्र, अहिले भारतीय सेना तैनाथ हेकाे छ।
ब्रिटिश–नेपाल युद्ध र सुगौली सन्धि (१८१४–१८१६)
१८१४ मा ब्रिटिश ईस्ट इण्डिया कम्पनी र नेपालबीच भएको आङ्ल-गोरखा युद्धले नेपालको भौगोलिक संरचना नै बदल्यो।
नेपालका गोरखाली सैनिकले पश्चिमतर्फ कुमाउँ, गढवाल, कांगडा र सतलज नदीसम्म आफ्नो राज्य विस्तार गरेका थिए। भने यहि राज्य विस्तार राेक्न ब्रिटिशले युद्ध गरेका थिए।
अन्तत १८१६ मा नेपाल र ईस्ट इण्डिया कम्पनीबीच एउटा सन्धि संझाैता गरियाे जसलाई सुगाैली सन्धि भनिरहेकाे छ। के के थियाे त उक्त सन्धिमा ? हेराैँ बिस्तारमा:
- महाकाली नदीलाई नेपाल–भारतको सीमारेखा मानियो।
- कुमाउँ, गढवाल र तराईका केही भूभाग ब्रिटिशलाई दिईयाे।
- महत्त्वपूर्ण बिन्दु: लिम्पियाधुराबाट बग्ने कालीनदी (महाकाली) नै सीमारेखा हो भन्ने सहमति सन्धिको धारा ५ मा उल्लेख समेत गरियाे।
तर, ब्रिटिशले युद्धपश्चात पनि कालापानी क्षेत्रमा सैनिक क्याम्प नै खडा गरेर साे भुभाग उनिहरुले आफ्नाे नियन्त्रणमा लियो, जसको असर नेपाललाई आजसम्म परिनै रहेकाे छ।
जब ब्रिटिशहरुबाट भारत स्वतन्त्र भयाे तब, सन् १९४७ मा ब्रिटिशले आफ्ना नक्सा र सैन्य संरचना भारतलाई हस्तान्तरण गर्याे। हाे साे समय ब्रिटिशले बनाएर भारतलाई बुझाएकाे नक्सामा कालापानी क्षेत्रलाई भारततर्फ देखाइएको थियो। यसर्थ भारतले त्यसैलाई आधार मानेर कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्यो र त्याे अहिले सम्म बिबाद,बिराेध र साे भुमिमाथि भारतले दावि गरिनै रहेकाे छ।
साे गुमेकाे आफ्नाे भुमिकाे लागि नेपालले निरन्तर विरोध जनाई रहेकाे छ। १९५० को नेपाल–भारत मैत्री सन्धिपछि भारतले नेपाली सुरक्षा र व्यापारमा गहिरो प्रभाव जमायो, तर सीमाबारे विवादित (क्षेत्रबारे) समाधान अझै हुन सकेकाे छैन।
सन् १९६२ को भारत–चीन युद्धले लिपुलेक क्षेत्रलाई रणनीतिक दृष्टिले अति संवेदनशील बनायो। जसकाे प्रत्येक्ष असर नेपाल र नेपाली माथि पर्याे। भारतले युद्धपश्चात लिपुलेक, कालापानी र नजिकका उच्च भेगमा सैनिक तैनाथ गरिदियाे। जुन मार्ग नेपाललाई चीनसँग व्यापार र यातायातका लागि लिपुलेक महत्त्वपूर्ण मार्ग थियाे। चिनसँग नेपालले व्यापार लगाएतबाट लाभ लिनबाट बञ्चि त गराउँदै ब्यापारमा नेपालमाथि भारतले एकलाैटि दबदबा जमाउने उसकाे चाहानाकाे नेपालले वारम्बार विरोध जनाए पनि भारतले आफ्नो सैन्य उपस्थिति घटाकाे देखिन्न।
विभिन्न आन्तरिक मुटाब रहेपनि सन् १९९७ देखि भारत र चीनबीच व्यापारिक सम्झौता हुँदै आएकोमा, २०१५ मा भारत–चीनले लिपुलेक मार्गलाई आधिकारिक व्यापारिक मार्गका रूपमा सहमति गरे।
नेपाललाई जानकारी नै नदिई गरिएको उक्त सम्झौताले नेपाल,भारत र चिनबिच एकआपसमा कूटनीतिक विवाद चुल्यायाे। नेपालका तत्कालीन प्रधानमन्त्री सुषील कोइराला नेतृत्वको सरकारले भारत र चीन दुवैलाई विरोधपत्र पठायो।
सन् २०१९ नोभेम्बरमा भारतले जम्मु–कश्मीर पुनर्संरचना गरेपछि नयाँ नक्सा जारी गर्यो, जसमा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ समेटिएको थियो। भने, ब्यापक रुपले नेपालमा यसकाे बिराेध भयाे।
यसै बिराेधकै बिच भारतले नेपाललाई हेपेरै जबरजस्ती २०२० मेमा लिपुलेक हुँदै धार्चुला–तिब्बत सडक मार्ग निर्माण सहित उद्घाटन नै गर्यो।
त्यसपछि नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिकाे नेतृत्वमा रहेकाे नेपाल सरकारले ऐतिहासिक दस्तावेज र सुगौली सन्धि प्रमाणसहित नयाँ राजनीतिक नक्सा जारी गर्यो, जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक स्पष्ट रूपमा नेपालतर्फ देखाइएको छ।
ऐतिहासिक तथ्यअनुसार यी भु-भागहरुकाे स्वामित्व कसको ?
- सुगौली सन्धि १८१६ अनुसार महाकाली नदी नै सीमा हो।
- कालीनदी लिम्पियाधुराबाट सुरु हुने प्रष्ट प्रमाण (१८२७ र १८५६ का ब्रिटिश नक्सा) उपलब्ध छन्।
- त्यसैले, ऐतिहासिक, कानूनी र भौगोलिक दृष्टिले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग हो।
- तर, १९६२ देखि भारतीय सेना कालापानीमा बस्दै आएकोले वास्तविक नियन्त्रण (de facto control) भारतसँग छ।
यसर्थ, लिपुलेक, लिम्पियाधुरा र कालापानी केवल भौगोलिक क्षेत्र मात्र होइनन्; यी सामरिक, ऐतिहासिक र कूटनीतिक दृष्टिले दक्षिण एशियाको त्रिदेशीय राजनीति निर्धारण गर्ने संवेदनशील क्षेत्र हुन्।
इतिहास, नक्सा र सन्धिले स्पष्ट देखाउँछ कि यो भूभाग नेपालकै हो, तर वास्तविक नियन्त्रण भारतकाे छ। नेपालले वार्ता, कूटनीति र ऐतिहासिक प्रमाणको बलमा आफ्नो भूभाग फिर्ता ल्याउने प्रयास जारी राखेको छ।
लेखकलाई प्रतिकृया र सुझावका लागि: [email protected]










