Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साना दललाई साइजमा राख्न उपसभामुख माथि सरकारले गलत कमद चाल्दैछ : सांसद शेरबहादुर कुँवर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2025
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद शेरबहादुर कुँवरले उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमालेले थालेको हस्ताक्षर अभियानको विरोध गरेका छन् । उनले साना दललाई साइजमा ल्याईहालौं भनेर कांग्रेस र एमालेले यस्तो गलत कदम चालेको भन्दै विरोध गरे ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले देशको बारेमा बहस गर्दा ग्रे–लिष्टबाट कसरी हटाउने भन्ने विषयमा जानुपर्दथ्यो । युवालाई विदेश जानबाट कसरी रोक्ने भन्नेमा जानुपर्दथ्यो । सबैको चिन्ता भनेको लोकतन्त्रलाई कसरी बलियो बनाउने र बचाउने भन्ने हो । आज अन्तर्राष्ट्रिय दातृ निकायले हात उठाउने स्थिति छ । देश ग्रे–लिष्टमा गयो । त्यो चिन्ता उहाहरुलाई छैन। उपसभामुखलाई कसरी हटाउने भन्ने दम्भ छ । उहाँहरुलाई कसले च्यालेञ्ज दिन सक्छ ? किन साना दलसँग किन डराएका छन् ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सन् २०२३ मा इन्दिरा रानामाथि अमेरिकाको लाग भिसाको लागि सिफारिश गरेको भन्ने आरोप लागेको भएपनि त्यो विषय त्यत्तिकै सेलाएको र अहिले संवैधानिक परिषद्मा बहुमत पुर्याउनको लागि कांग्रेस र एमालेले यस्तो कदम चालेको आरोप लगाए ।

उनले भने,‘कांग्रेसलाई संवैधानिक परिषद्मा आफ्नो उपस्थिति चाहिएको छ । यही मौकामा तीर हानिहालौं र साईजमा ल्याईहालौं भनेर हस्ताक्षर अभियान चलेको छ । उहाँ उपसभामुख जनजाति, महिला, अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान गरेको व्यक्ति हो, सम्मानित अधिकारकर्मी हो । उहाँ राष्ट्रको गहना हो । उहाँले सन् २०२३ देखि सन् २०२५ सम्म थप के घात गर्नुभयो ? संसदीय आचरणको विरुद्धमा के गर्नुभयो ? कोशीको सामाजिक विकासमन्त्रीको विषयमा मानव तस्करीको कुरा उठेको थियो, उहाँ त प्रधानमन्त्रीको मान्छे । महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचल्ने बनाईदियो ।’

हिले अदाललते थुना गर र पक्राउ गर भन्दापनि अहिलेसम्म आदेश पालन नभएको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘यो मुलुक प्रधानमन्त्रीको मात्रै हो र ? लोकतन्त्र मास्न कसैले यस्तो हर्कत गर्छ भने, लोकतन्त्रको नामबाट गठन भएका दलहरु, ती सरकारले गरेको ज्यादती जनताले सहलान् ? युवाले सहलान त ? सरकारको नेतृत्व सच्चिनुपर्छ । सार्वजनिक खरिद ऐन ल्याउनुपर्ने हो नि । त्यहाँ कसैको ध्यान दिँदैन् । शिक्षा विद्येयक असार १५ गतेभित्र ल्याउने सरकारको कमिटमेन्ट थियो, अहिले सरकारले नै ढिलासुस्ती गरेको छ । संघीय निजामती सेवासम्बन्धी कुलिङ अफ पिरियड, त्यो कसले गरेको रहेछ भन्ने प्रमाणित भयो । प्रधानमन्त्रीको दलका राष्ट्रियसभाका सदस्यहरुले संशोधन हालेका छन् । दुनियाँलाई चुतिया बनाउने ? मान्छे कोही अज्ञानी छैनन् ।’

उनले उपभाुमख रानालाई हटाउने सिग्नेचर क्याम्पेनको सनसनी आएको भन्दै कांग्रेस र एमालेको भोट एक लाखको दरले घटिरहेको टिप्पणी गरे । उनले भने,‘संवैधानिक निकायमा केही मान्छे भर्ती केन्द्र बनाउने, आफ्नै ढंगले चलाउने अनि अदालतमाथि दबाब दिने, प्रभावमा पार्ने हर्कत भएका छन् । यो देशको लागि चिन्ताको विषय हो । उपभामुखलाई जुन ढंगले हटाउन खोजिँदैछ, यो नितान्त गलत हो । सम्मानित व्यक्तित्व, अन्तर्राष्ट्रिय क्षेत्रले पहिचान गरेको व्यक्तित्वमाथि प्रहार हो । ससंद्को अपमान हो । महिलाहरुको अपमान हो । प्रतिवाद गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved