राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी उपसभामुख इन्दिरा राना राजनीतिमा आउनुअघि गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित अनुहार हुन् ।
उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ ।

सानैदेखि संघर्ष गर्दै अघि बढिरहनु भएकी राणले सामाजिक क्षेत्रमा ठुलो प्रसिद्धि प्रसिद्धि कमाएकी छन् । दुई हजारभन्दा बढी असहायकी ’आमा’ को रुपमा परिचित उनी राजनीतिमा नयाँ अनुहार भए पनि सिंगो नेपालले गौरव गर्न लायक व्यक्ति हुन् ।
उनले अभिभावकविहीन हजारौं बालबालिकालाई उद्धार गरेकी छन् । उनको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । यतिबेला उनको संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ ।
उक्त योगदानका लागि बीबीसीले रानालाई सन् २०१७ मा बीबीसी १०० विमिन अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरूको सूचीमा राखेको थियो ।
उनी दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छन् । विश्वभरका समाजेवीमध्ये उत्कृष्ट सेवा प्रदान गर्ने एकजनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष तीन स्थानमा पर्न सफल उनले अन्य थुप्रै अवार्ड प्राप्त गरेकी छन्।
उनको संस्थाले सुरु गरेको ‘भोकका लागि खाद्य कार्यक्रम’ निकै प्रभावकारी भएको थियो । महामारीको समयमा घरबारविहीन र जोखिममा परेका मानिसहरूलाई भोकबाट बचाउन निःस्वार्थ समर्पण गरेको भन्दै २०२२ को प्रभाव पुरस्कारबाट उनी सम्मानित भएकी छन् । सन् २००५ मा प्रतिष्ठित अशोक फेलोसिप अवार्डबाट सम्मानित इन्दिराले सन् २०१० मा पनि उनलाई एसियाई–२१ युवा नेता सार्वजनिक सेवा पुरस्कार प्रदान गरियो। उनले सन् २०१४ मा ‘होनरी अवार्ड’ समेत प्रदान गरिएको थियो ।
उनी सन् २०१४ को विश्व बाल पुरस्कारका लागि मनोनयनमा परेका तीनमध्ये उनी एक थिइन् । उनले स्विडेनकी रानी सिल्भियाले प्रदान गरेको विश्व बाल सम्मान पुरस्कार पनि जितेकी छन् । उनले युवा एसिया पब्लिक सर्भिस अवार्ड र अशोक फेलोसिप अवार्डसहित अरू धेरै उल्लेखनीय पुरस्कार पाइसकेकी छन् ।
समाजसेवाको क्षेत्रमा गरेको योगदानकै कारण लीलाराम–कुन्तीदेवी न्यौपाने समाजसेवा पुरस्कार २०१४, नईखरु गौरव पुरस्कार २०१३, उत्कृष्ट समाजसेवी पुरस्कार २०१३, नवतालश संघर्षरत महिला विकास पुरस्कार २०१३, नवतालश संघर्षकारी महिला पुरस्कार २०१३, सामाजिक विकास पुरस्कार २०१३ लगायतका विभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकी छन्। उनी शान्तिदूतका रूपमा विश्वशान्ति महासंघबाट सम्मानित पनि भएकी छन् ।
आज उनै दुई हजारभन्दा बढी असहायकी ’आमा’ को रुपमा परिचित रानालाई हटाउन देश कै दुई ठूला दल काँग्रेस एमाले लागि परेका छन् । जसको एउटै उद्देश्य हो आफ्ना आसेपासेलाई संवैधानिक नियुक्ति दिनु ।










