Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लेख्नै पर्छ कथा, गीत र कविता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2025

उप्रान्त तिमीले भन्यौ
कथाहरु नलेख्नु
जीवनका चीसा जिजीविषाहरुको
नलेख्नु गीतहरु
अकाल मृत्युहरुको
र नलेख्नु कविताहरु
युद्ध हार्नेहरुको
लेख्ने नै भए
लेख्नु कथाहरु
जीवनका उर्जाशील समयहरुको
जहाँबाट तिम्रो यात्रा आरम्भ हुनेछ
लेख्नु गीतहरु
स्वभाविक मृत्युहरुको
जहाँ तिम्रो जीवनको सुखद अन्त्य हुनेछ
र लेख्नु कविताहरु
युद्ध जित्नेहरुको
जहाँ हार्नेहरुको पीडा सुषुप्त हुनेछ ।

संसार जित्नेहरुको हो
हार्नेहरुले त आँसु पिउनु पर्ने छ
जितेर पनि
हारिन्छन युद्धहरु
हारेर पुनः
जितिन्छन युद्धहरु
किन लेख्ने
जितका मात्रै कथाहरु ?
किन नलेख्ने
हारका कथाहरु ?
समय
पौठेजोरी खेलि रहरेको छ
अज्ञात वस्तिहरुका बीच
अमरत्वका गाथाहरु सुनाउन ।

किन रुने मृत्युमा ?
यो स्वभाविक प्रकृया हो
किन हार्ने युद्धमा ?
जित हाम्रो मुद्धा हो
किन गर्ने आत्मसमर्पण ?
बरु शिरको बली चढ्ने हो
लेख्नै पर्छ कथाहरु
जीवनका चीसा जिजीविषाहरुको
गाउनै पर्छ गीतहरु
अकाल मृत्युहरुको
लेख्नै पर्छ कविताहरु
युद्ध हार्नेहरुको ।

तिमीले नठाने हुन्छ
सधै युद्ध जितेको
तिमीले नसोचे हुन्छ
सधै जितको गीत गाएको
अभिमान बोक्नु पर्दैन
बोक्नु पर्दैन दम्भ र घमण्ड पनि
तिम्रा हैकमी उर्दीहरुको
अव पालना हुने छैन
तिम्रा जितहरुको
कुनै कथा हुने छैन
सायद
लिखित दस्तावेजहरुमा ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved