एका बिहानै कुखुरा बाँस्छन्, तिमी कहाँ छौ ।
मेरा खुसी नै उदास छन्, तिमी कहाँ छौ ।।
चन्द्रमा निक्लनै छाड्यो खै मेरो आकाशमा ।
ताराहरूको लास छन् तिमी कहाँ छौ ।।
शब्दहरू रुचाइएन, अब लय बदल्नुपर्छ ।
यसपालि नि हुँदैन कि भन्ने, भय बदल्नुपर्छ ।।
परिणाम सुन्य का सुन्य जति परीक्षा दिए पनि ।
अब परिणाम ल्याउनका लागि विषय बदल्नुपर्छ ।।

बगेको पानीमा पनि आकार हुने भए,
देखेका सारा सपना साकार हुने भए ।।
ऋण काढेरै भएपनि महायज्ञ लगाइदिन्थे ।
मेरा सबै समस्याहरु निराकार हुने भए ।।










