Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेस काेषाध्यक्ष श्रेष्ठकाे कारण बागमतीबाट बहादुरलाई हटाएका थिए देउवाले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2025

हेटौंडा । बागमती प्रदेश सरकारका तत्कालिन  मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने ग्रान्ड डिजाइन तत्काल बनेको नभई केही महिनाअघिदेखि नै सुरु भएको तथ्य खुलेको छ ।

झण्डै १ महिनाअघि इन्द्रबहादुर बानियाँले उमेश श्रेष्ठलाई उनको चितवनमा रहेको घरमा भेटेका थिए । श्रेष्ठको लगानीमा काठमाडौँको बालाजुस्थित बालमैत्री अस्पतालको आईई प्रक्रिया र मापदण्डविपरीतको अस्पताललाई अनुमति नदिएको तथा धुलिखेल अस्पताललाई काठमाडौं विश्वविद्यालयको क्षेत्रबाट हटाई स्वायत्त बनाउनुपर्ने मापदण्डविपरीतको काम नगरेको रिस मुख्यमन्त्री लामाविरुद्ध पोख्ने रणनीतिमा बानियाँ र श्रेष्ठको गोप्य सहमति तयार भएको उच्चस्रोतको दाबी छ ।

राष्ट्रलाई कर तिर्नेमा पछि धनमा अर्बपति विनोद चौधरीको लगानीमा मापदण्डविपरीतका ४ हजार भन्दा धेरै ट्याक्सीलाई मापदण्ड सच्याई अनुमति दिनुपर्ने यातायात मन्त्रालयको फाइललाई मुख्यमन्त्री लामाद्वारा पटक–पटक अस्वीकार भयो । स्रोत भन्छ–लामाले उनीहरुको स्वार्थअनुुसार काम गर्न नमानेपछि विनोद चौधरी र उमेश श्रेष्ठको जोडी मुख्यमन्त्री फेर्ने अभियानमा लागेका थिए ।

यो जोडीलाई थप एकजुट बनाउन र इन्द्र बानियाँप्रति विश्वास दिलाउन बीचमा जोडिए अनिल रुङ्गटा । र, काठमाडौंको भिवान्ता होटलमा प्रदेश सरकार ढाल्ने षड्यन्त्र औपचारिक रुपमा सुरु भयो ।
पाँच तारे होटलमा (श्रेष्ठ र चौधरीका अड्केका फाइल सदर गर्ने) बाँनियालाई दुवै सर्त मान्ने सहमतिको कसम खुवाएपछि खेलाडी बुढानीलकण्ठतिर चलखेलमा लागे ।

भाउजूको निर्देशनमा बुढानीलकण्ठको हरियो संकेतले पार्टीका महामन्त्रीदेखि प्रवक्तासम्मको लागि कन्भिन्स गर्ने खालको थियो । महामन्त्री चीन उडे, प्रवक्ता कतार हुँदै युरोप निस्के ।

हाल प्रकाशमान सिंहलाई देउवाले कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री बनाएका छन् । जसका कारण देउवाको अगाडि उनको मुख फुट्ने कुरै थिएन ।

गिरोह समूह र उपल्लो निर्देशनको नियमविपरीतका काममा लामाले ठाडै अस्वीकार गर्दथे । लामालाई रिस फेर्ने योजना लगभग माथिल्लो तहमा पास भएको थियो । पावर सेन्टरबाट भेट्न आउँदा समेत लामाले अस्वीकार गर्दथे । बहादुरले नियमबिपरीतका काम अस्वीकार गर्दै गएपछि त्यो समूह एकजुट हुँदै गयो । लामा बिरोधी समूहका राजनीतिक संरक्षक थिए, पूर्णबहादुर खड्का । उनले बानियाँलाई पहिले नै दलको नेता र मुख्यमन्त्री बनाउन हरदम कोसिस गरेका थिए । जसको मूल कारण १५ औं महाधिवेशनमा खड्काको आर्थिक ब्यबस्थापनको जिम्मा बानियाँले लिइसकेका थिए ।

उच्चस्रोत भन्छ–बहादुरको जिद्दी, बहादुरी र तीन नामुद ब्यापारीको अरबौँ चलखेलमा बागमती प्रदेश सरकार ढल्न पुगेको हो । बाँनियाको हेटौंडामा रहेको निजी जग्गामा प्रदेश सरकारका प्रशासनिक भवन बनाउने र सरकारी मूल्य उच्च राख्दै प्रदेशलाई बेच्ने योजनाको अधिकार मुख्यमन्त्रीमा थियो ।

स्रोतका अनुसार अरबौँ कुम्ल्याउने बानियाँको रणनीति, विनोद चौधरीको ट्याक्सी र उमेश श्रेष्ठको अस्पतालका काम फत्ते गर्ने सर्तले प्लान पास भयो र लिखित भयो ।

मुख्यमन्त्री लामाका आफ्नै क्याबिनेटका मन्त्रीसमेत बानियाँ खेमातिर थिए । मन्त्री आफ्नो भएपछि सरकार असफल पार्न बानियाँले विभिन्न तिकडम रचिरहेका थिए । कहिले बजेटको निहुँ त कहिले संसदमा संकल्प प्रस्ताव ल्याउने र मुख्यमन्त्री असफल पार्ने शृंखला चलिरहेको थियो । उता सांसद किनबेचदेखि मन्त्रीहरुले एकैपटक राजीनामा दिनेसम्मको प्रपन्च ब्यापारी ग्रुपको थियो ।

बजेट सकेर मुख्यमन्त्री लामा बेलायत र अर्थमन्त्री कुन्दन काफ्ले कोरिया उडे । बानियाँलाई खेल्न पर्याप्त समय पुग्यो । ठ्याक्कै योजना अनुरुप क्याविनेटका चार मन्त्रीले राजीनामा र एकाएक २१ सांसदको हस्ताक्षरसम्म गर्न भ्याएपछि ब्यापारी ग्रुपले संसदसमेतको हेटौंडामा कक्टेल पार्टी गर्यो । यसपछि मुख्यमन्त्री लामा दलमा कमजोर भएको प्रष्ट देखिन्थ्यो ।

अविश्वास प्रस्तावदेखि निर्वाचनसम्म मुख्यमन्त्रीले फेस गर्ने अडान लिए र फेस गर्दै गए । प्रदेशलाई ब्यापारीको मुठ्ठीबाट लामाले निकाल्न सकेनन् । अन्ततः बानियाँ दलको नेता हुँदै मुख्यमन्त्रीसम्म बन्ने ढोका खुल्ला भयो । ब्यापारीलाई निजी लाभ र राष्ट्रलाई नोक्सान हुने काम गर्न अस्वीकार गर्दा लामा मुख्यमन्त्रीबाट पदमुक्त हुनुपर्यो ।

उता मुख्यमन्त्रीबाट राजीनामा दिँदै मुख्यमन्त्री लामाले यो सरकार ढ्ल्नुपर्ने कुनै ठोस कारण नभएको, राजनीतिक षड्यन्त्र र ब्यापारीक चलखेल भएकाले ढलेको बताएका छन् । र, यसको उत्तर खोजिदिन पत्रकारलाई आग्रहसमेत गरेका छन् ।

नेपालको राजनीतिक इतिहासमा पार्टी फुटेबाहेक कांग्रेसले आफ्नो सरकार आफैंले ढालेको यो पहिलो पटक हो । यसले कांग्रेसलाई अपूरणीय क्षतिमात्र नभई सिङ्गो मुलुकमा राजनीतिक दललाई जनताले हेर्ने दृष्टिकोण र साख छताछुल्ल पार्दै राजनीति शक्तिकेन्द्र र गिरोहको हातमा निहीत भएको भएको प्रष्ट देखिन्छ ।

हाे तिनै बानियाँले आज बिश्वासकाे मत लिँदै छन् भने, बहादुर पक्षका सांसदहरुले मत दिनु त के आजकाे बैठक नै बहिस्कार गर्ने जनाएकाे छ। तर, काग्रेस सभापति देउवाले भने मन्त्री बनाउदा हेरफेर गर्ने आस्वासन बहदुर पक्षका सांसदहरुलाई बानियाँ पक्षका  केही सांसदहरुले ” काठमाडौं बसेर बार्गेनिङ गरे” भन्ने आराेप लगाई रहेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved