दिलको चोट लुकाउन, जति गाह्रो हुन्छ
टुटेपछि मुस्कुराउन, त्यति नै गाह्रो हुन्छ,
कोहीसँग टाढासम्म जाऊ, अनि हेर
फर्किएर एक्लै आउन, कति गाह्रो हुन्छ ।।
तिमीले झैँ सताउन आएँ भने के होला,
सम्बन्धलाई जताउन आएँ भने के होला
बदनाम गर्दै हिँड्छौ अरे मेरो बारेमा कतै,
वास्तबिकता बताउन आएँ भने के होला ।।

हराएपछि पाउनुको मजा नै बेग्लै छ,
मायाप्रति लाउनुको मजा नै बेग्लै छ,
प्रेम छुटेपछि आँसु झर्छ पक्कै झरिरहोस्
रोएपछि मुस्कुराउनुको मज्जा नै बेग्लै छ ।।










