उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) त्रीयुगा नगर समितिकाे प्रथम नगर अधिवेशन सम्पन्न भएकाे छ। गत सनिवार पार्टीको केन्द्रीय नेतृत्वमा तथा सांसद समेत रहेका नेताहरुकाे उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएकाे हाे।
यसै अधिवेशनलाई लिएर विभिन्न सञ्चार माध्यमहरुमा समाचारहरु लेखिएकाे छ जसमा ” पत्रकारलाई कार्यक्रममा बाेलाएर दुर्ववहार ” भनेर तर, वास्तवमा लेखिएका समाचारहरु भ्रामक भएकाे भनी रास्वपा त्रीयुगा नगर समितिले एक विज्ञप्तिमार्फत स्पष्ट पारेकाे छ।

साे विज्ञप्ति अनुसार साे अधिवेशनमार्फत रास्वपामा प्रवेश गरेका नव प्रवेशीहरुकाे नाम लिष्टकाे फाेटाे खिच्न ती पत्रकारले चाहेकाे तर, नवप्रवेशीहरुले नै नाम र तस्विर सार्वजनिक गर्न नचाहेकाे हुनाले साे नाम लिष्टकाे खिच्न नदिएकाे बिषयलाई दुर्ववहारकाे परिभाषामा लगिएकाेले यसाे नगर्न समेत आग्रह गरेकाे छ।
हुन त सबै पत्रकारहरु स्वतन्त्र नै रहनु पर्छ तर अघिल्लाे दशकहरु देखि प्राय मिडियाहाउसहरु नै राजनितिक दलका नेताहरुले सञ्चालन गरेकाे हुँदा एकले अर्का दलकाे बिरुद्धमा समाचार लेख्नु त्यस्ता मिडिया हाउसमा कार्यरत पत्रकारहरुकाे लागि ” पत्रकार आचारसंहिता ” जस्तै भएकाे अवस्था छ।
पछिल्लाे समय रास्वपा निर्वाचित भएर सदनमा राष्ट्रिय दलकाे रुपमा सावित भईसके पछि प्राय सबै मिडिया हाउस र तिनका पत्रकारहरु रास्वपाकाे नकारात्मक लेखेकाे पाईन्छ भने केही लेखिएका समाचारहरु पनि तथ्यहिन छन्। जसलाई यहि त्रीयुगा घटनाले समेत पुष्टि गरेकाे छ।
यद्यपि आफू र आफ्नाे पार्टीले गरेकाे गलत र भुलहरुलाइ रास्वपाका नेता र नेतृत्वतहले पनि सहि तवरले निराकरण गर्न नसकेकाे थुप्रै प्रमाणहरु छन्। जसमा यहि त्रीयुगा नगर रहेकै काेशी प्रदेशका रास्वपा नेताहरु माथि उठेका र नाजवाफि भएका नेताहरुबाट नेतृत्व चलिरहेकाे रास्वपाकै कार्यकर्ताहरुकाे चरम गुनासाे छ ।
हेराैँ रास्वपा त्रीयुगा नगर समितिले जारि गरेकाे विज्ञप्तिकाे पूर्ण पाठ:
मिति २०८२ साल श्रावण १७ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम त्रियुगा नगर अधिवेशनमा समाचार संकलनका क्रममा कान्तिपुर संवाददाता राकेश नेपाली माथि दुर्व्यवहार भयो भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी त्रियुगा नगर समितिको ध्यानाकर्षण भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले निमन्त्रणा गरिएका पत्रकार मात्र होइन आम सञ्चार जगतका पत्रकारको सुरक्षा र पत्रकारिताको मर्मलाई असाध्यै धेरै सम्मान गर्दछ । पत्रकारलाई दुर्व्यवहार गर्ने अधिवेशनमा उपस्थित कोही कसैको मनसाय छैन, थिएन तथापि कार्यक्रममा पार्टी प्रवेश गर्नुहुने नव प्रवेशीहरूको नाम वाचन गर्ने मात्र अनुमति रहेकोले नामावली पत्रकारलाई
उपलब्ध गराउन असमर्थ थियौँ । नवप्रवेशीहरुको अनुमति बिना व्यक्तिगत गोपनियताको ख्याल गर्दै रा. स्व.पा. कोशी प्रदेश कार्यवहाक सभापति गोमा तामाङ्ग (सरिन) ले तयार गरेको
नामावलीमा रहेको नाम, ठेगाना र मोवाईल नम्बरको फोटो नखिचि दिनु होला भनेको सन्दर्भलाई दुर्व्यवहारको रुपमा नहेरिदिन हुन अनुरोध गर्दछौं । यो घटनाले पत्रकारलाई चोट पुग्न गएको भएमा रा. स्व. पा. त्रियुगा नगर समिति क्षमा याचना गर्दछौं ।










