Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साहित्यकार राजु परियारको दस मुक्तकहरु…….

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2025

१.
बहिराको भीडमा म मेरै मुख टाल्न खोज्दैछु
आफैलाई विपक्षी राखी मुद्दा हाल्न खोज्दैछु
हुक्के,चम्चे र लम्पसारवादीको संगत छोडेर,
फरक ढंगले अर्थपुर्ण जीवन थाल्न खोज्दैछु।

२.
अनायसै दलनमा पारिन्छन् असहाय यहाँ
अझै हेरिन्छ मान्छेको वर्ग र समुदाय यहाँ
स्वयम् मानव अधिकारकर्मी रोएर हिड्छ,
सर्वसाधारणले कसरी पाउँछ न्याय यहाँ।

३.
तिमी र म जाउँ कतै घुम्न, आऊ न ए! ठुली
मजा हुन्न र एउटै छातामा बेला होस् गोधूलि
उमेरमै हो हाँसखेल गर्ने, के मान्छौ धेरै पीर
अपराध करार गरेछन् भने,
चडौँला न शूली।

४.
जब जुँधे मेरा यी नयन , तिम्रा ती नयनसंँग
मेरो मस्तिष्कको लडाईं ,चलेको छ मनसंँग
कुरुप समाजका ठेकदारहरू तह लगाउन,
तिम्रालागि म भिडौँला सबैखाले चलनसंग।

५.

अविरल पोखिउन् म माथि तिम्रा नजरहरू
ताकि सुखले बितुन् जिन्दगीका सफरहरू
सजाउन त मुटुभित्रै सजाको छु तिमीलाई
जति हेरेपनि किन पूरा हुन्नन् मेरा रहरहरू

६.
काला कोटेको, भव्य वकालत देखेको छु
न्याय माग्नेको दयनीय, हालत देखेँको छु
तथ्य, प्रमाण र साक्षीहरू तोडमरोड गरेर,
मर्यादा विपरीत चल्ने अदालत देखेँको छु।

७.
कयौंले स्वर्गको उडान भरे नयाँ बिहानीको आसमा
हाँसीहाँसी मृत्युवरण गरे नयाँ बिहानीको आसमा
विडम्बना यहाँ त हजुर,रातपछि फेरि रातै आयो,
सृष्टिको धर्मपनि चित परे,नयाँ बिहानीको आसमा।
८.
जसको जोत उसैको पोत अब अधियाको कुरा हुँदैन
कमरेड गणतन्त्रमा , कमैया र हलियाको कुरा हुँदैन
ट्याक्टर र हार्वेस्टरको युगमा देश पसेकै हो भने त,
हलो, कोदालो, डोकोनाम्लो र कचियाको कुरा हुँदैन।

९.
सजिएर सांस्कृतिक भेषभूषामा नाँच्नुको मजा बेग्लै छ
चन्डी,मारुनी र देउडामा कम्मर भाँच्नुको मजा बेग्लै छ
दोहोरी, झ्याउरे र हाक्पारे भाकामा समर्पित हुंँदै
आफ्नै मौलिक नेपाली पारामा बाँच्नुको मजा बेग्लै छ।

१०.
न सोध्छौ मरो खबर, न आफ्नो बताउँछौ यार
धोक्रो भरिएन,कतिन्जेल गोजि तताउँछौ यार
खतम गरेकै राम्रो आडम्बरी नाताको के अर्थ,
घृणा गरेर देखावटी माया किन जताउंँछौ यार।

राजु परियार
बेलबारी न.पा. मोरङ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved