काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला हिजो शनिबार (साउन १७ गते) पोखराको नयाँबजारस्थित सगुन क्याफेमा भव्य रूपमा सम्पन्न भएको छ।
भेलाले मान बहादुर विश्वकर्मालाई संयोजक र इन्द्र सुनुवारलाई सचिव चयन गर्दै ३९ सदस्यीय गण्डकी प्रदेश सम्पर्क समन्वय समिति गठन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय झक्कु सुबेदी रहनुभएको थियो। विशेष आतिथ्यका रूपमा दलित मुक्ती मोर्चा केन्द्रीय इन्चार्ज तथा संविधान सभा सदस्य पसुराम रम्तेल, राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी, तथा पूर्व युवा तथा खेलकुद मन्त्री तथा मोर्चाका केन्द्रीय अध्यक्ष कमरेड दलजित सेर्पालीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का विभिन्न तहका नेताहरू, दलित मुक्ती मोर्चाका अन्य केन्द्रीय पदाधिकारीहरू, तथा अन्य पार्टीका नेताहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्ताना, वाईसिएल नेपाल केन्द्रीय सचिव धिरज उपरकोटी, लगायत विभिन्न तहका पार्टी नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो।
भेलाले समावेशीता, संगठन सुदृढीकरण, र दलित मुक्तिको अभियानलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि झक्कु सुबेदीले भने, “दलित मुक्ती मोर्चाले देशभरिका दलितहरूलाई एकताबद्ध गर्नुपर्छ। जनयुद्धकै कारण दलितहरू अधिकार र समावेशीतामा पुगेका हुन्। माओवादी आन्दोलनले दलितको मुद्दा बलियो बनाएको छ।”
त्यस्तै, संविधान सभा सदस्य पसुराम रम्तेलले भने,“पचास लाख दलितको प्रतिनिधित्व नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ। यदि जनयुद्ध नभएको भए आजको यो परिवर्तन सम्भव हुने बताउनु भयो।










