१.
चम्किलो तारा
तिम्रो अभाब ग्रस्त
अध्यारो बस्ती ।
२.
उर्भर भूमि
लोकतान्त्रिक शुक्ति
अनन्त यात्रा ।
३.
शाहीद रत्न
अमिट योगदान
शतत स्मृति।

४.
सुन्दर फूल
लोकतान्त्र दिवस
महाउत्सब ।
५.
सत्ताको मोह
समाबेशी तन्त्रको
कुरुप चित्र ।
६.
चन्द्र र सूर्य
हिमालझैं अटल
अखण्ड राष्ट्र ।
७.
आमा र बुबा
सम्मानित जीवन
सभ्य समाज।
८.
ऋण बजेट
बकमफुस्से कार्य
नीच नेतृत्व ।
९.
हुक्के र झोले
डरलाग्दा मानिस
अमिलो मन।
१०.
कान्डको देश
दुबोझैं मौलाउँदै
गतिला माछा ।
११.
खुला सिमाना
विदेशीको तारिफ
दुर्भाग्यपूर्ण ।
१२.
विदेश भक्ती
जोखिमपूर्ण यात्रा
कोमामा देश।
१३.
सभ्य मानव
लोक कल्याणकारी
मौन बिद्रोह ।
१४.
रातो सपना
अलपत्र अझै छ
खोलाको ढुङ्गो ।
१५.
हावाको झोक्का
कोपिलै झर्न बाध्य
राता गुलाफ ।
१६.
चुरे दोहन
निरीह सरकार
आसुरी निन्द्रा ।
१७.
अक्षर ब्रह्म
बैचारिक स्खलन
भूत सबार ।
१८.
कमाउ धन्दा
क्षुद्र मानसिकता
दरिद्र सोच।
१९.
नेपाल भूमि
देश गरीब हैन
गरीब सोच।
२०.
अखण्ड ज्योति
विकारयुक्त मान्छे
कथित बाठाे।
” तिला लेकाली
बेलबारी,मोरङ “










