(१)
परदेश जाने ए परदेशी ! आऊ है घर फर्केर
बसेकी छु तिम्रो बाटो हेर्दै देउरालीमा पर्खेर

तिमीबिना न्यास्रो लाग्छ यो घर आँगन पनि
जोरीपारी सोध्ने गर्छन कहिले आउँछौ भनी
मनको तृष्णा मेटिएन है सधैं फोनमा इत्रेर
हाँसेकी छु प्रितको ऐना हेर्दै तिमीलाई पर्खेर
जोडी ढुकुर देख्दालाग्छ तिमीसंग छु जस्तो
झस्किएर होश आउँदा मनहुन्छ कस्तो कस्तो
बैंसको फूल फक्रिएन है गयो वसन्त तर्केर
बाँचेकीछु मन ओछ्याई जिन्दगीमा पर्खेर।
(२)
बिनायोखिपी सजाईरहन्छु चौबन्दी तुनामा
हजुरकोमाया संहालीराख्छु कलेजीकुनामा
जुलेबीमीठो खाँदामा हजुर हाटैमा किनेको
कहाँको हजुर कहाँकी म बाटैमा चिनेको
शिरमा शिरफुल गलामा हारी लाकोथे मैले
दौरा र शुरुवाल ढाकाटोपी याँद आउँछ अहिले
मारुनी भाका गाएको संगै बाँसुरी धुनमा
हजुरकोमाया संहालीराख्छु कलेजी कुनामा
सुसेली मार्नू इशारा गर्नू नहुनू बिरानो
साथैमा लानू फुलबुट्टे रुमाल मायाको यो चिनो
रातमा मलाई जिस्काईरहन्छन् जून र ताराले
जोडेर हित लगाउँला माया नेपाली पाराले
रहरैलाग्दो कोपिला बस्यो तिनपाते मूनामा
हजुरको माया संहाली राख्छु कलेजी कुनामा।
(३)
डाक्दैछ तिमीलाई हिमालले
डाँफे र मुनालले
फर्की आऊ भन्दैछ
तिमीलाई यो देश नेपालले
कतिञ्जेल भुल्छौ तिमी विदेशको रमझममा
कति गर्छौ माया पराईको पश्रडा बोकी मनमा
डाक्दैछ तिमीलाई पहाडको चाँप र चिमालले
फर्की आऊ भन्दैछ तिमीलाई यो देश नेपालले
सुनको धुरी छ यहीँ शान्ति छर्ने बुद्धको आँखा
झरना खोला गाउँदैछन् मारुनी र सिलीको भाका
डाक्दैछ तिमीलाई तराईको फाँट र जङ्गलले
फर्की आऊ भन्दैछ तिमीलाई यो देश नेपालले।
गीतकार :- दिलिप राई “सगर”
उर्लाबारी,मोरङ
हाल-झापा










