असिम कामु मगर -काठमाडौ । कोरोना संक्रमणका कारण पूर्वसूचना तथा सञ्चारमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । मेडिसिटी अस्पताल काठमाडौंमा उपचाररत उनको आइतबार बिहान ५ बजेतिर निधन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए ।
पूर्वसंविधानसभा सदस्य विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर नेतृत्व गरेका थिए । २०४६ साल पहिले प्रतिनिबन्धित नेपाली कांग्रेसका सदस्य रहेका उनी २०४९ जिल्ला विकास समिति सुर्खेतको उपसभापति बनेका थिए । एक महिनाअघि कोरोना संक्रमण भएको उनको सुर्खेतमा उपचार सम्भव नभएपछि एक हप्ता अघिमात्रै काठमाडौं रिफर गरिएको थियो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका -११ कुइने (मालुझुल) निवासी उनको ६० वर्षको उमेरमा निधन भएको हो ।










