काठमाडौँ । संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार
कानुन, न्याय तथा मानव अधिकार समिति :
दिनको १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति :
बिहान १० बजे सुरु हुने यस समितिको बैठकमा “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२” मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति :
उक्त समितिको बैठकमा “मिडिया काउन्सिल विधेयक, २०८०” का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ।
सार्वजनिक लेखा समिति :
बिहान ११ बजे बस्ने ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ।
विधायन व्यवस्थापन समिति :
बिहान ११:३० बजे बस्ने ९९औँ बैठकमा “जलस्रोत विधेयक, २०८१” माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।










