काठमाडौ । तामाङ चलचित्र संघ बागमती प्रदेशको महासचिव करण तामाङकाे संयाेजकत्वमा तथा अध्यक्ष दावा फिन्जाे तामाङकाे सभाध्यक्षतामा तामाङ चलचित्र संघ बागमती प्रदेशको चाैथाे वार्षिक साधारणसभा, स्रष्टा सम्मान, अभियान चलचित्र प्रदर्शन साथै वृहत् साँस्कृतिक कार्यक्रम २०८२ चलचित्र विकास बाेर्ड काठमाडौकाे चाबहिलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा लिशाङखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाले सम्बाेधन गर्नु भएको थियोे भने, विशेष अतिथिका रुपमा नेपाली काँग्रेस महासमिति सदस्य तथा नुवाकोटका नेता प्रताप सिंह लामा, राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय अध्यक्ष एवम् सु प्रसिद्ध गायक प्रकाश कटुवाल, तामाङ चलचित्र संघ केन्द्रीय अध्यक्ष दिपक तामाङ, विश्व किर्तीमानी सगरमाथा अाराेही साथै डान्सिङ स्टार नेपाल विजेता प्रसिद्ध कलाकार छिरिङ शेर्पा, अग्रज कलाकर्मी मिलन माेक्तान, भाषा विद तथा संस्कृति विद अजीतमान तामाङ, समाजसेवी आसमान वाईबा, समाजसेवी तथा लामा गुरु शेरब लामा, कलाकार उत्तम केसी लगायतको विशेष उपस्थिति रहेको थियोे ।

कार्यक्रममा एक दर्जन बढी स्रष्टाहरुलाई स्रष्टा सम्मान र विभिन्न क्षेत्रमा याेगदान प्रदान गर्नेहरु पचास जना बढीलाई विशेष सम्मान गरेका थिए । कार्यक्रम हलमा सिट क्षमता भन्दा झण्डै दाेब्बरकाे संख्यामा दर्शक एवम् शुभचिन्तकहरुकाे उपस्थिति रहेको थियोे । हल भित्र खचाखचकाे अवस्था र हल बाहिर पनि उत्तिकै भिड रहेको थियोे । कार्यक्रम सफलताको कामना र समर्थनकाे लागि उपस्थित रहेका सम्पुर्णलाई कार्यक्रमका अध्यक्ष दावा फिन्जाे तामाङ र कार्यक्रम संयाेजक करण तामाङले धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बाग्लाे उपस्थिति देख्दा कार्यक्रम साेचेकाे भन्दा उत्कृष्टताका साथ सम्पन्न भएको आयाेजक समुहले दावी गरेका छन् । कार्यक्रम उद्घाटन गरेसँगै अभियान चलचित्र प्रदर्शन गरेका थिए । कार्यक्रम सञ्चालन संयाेजक एवम् महासचिव करण तामाङले प्रभावशाली तवरमा गरेका थिए भने स्वागत मन्तव्य कलाकार राजकुमार तामाङले राखेका थिए ।










