Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गजलकार शिव पराजुलीका तीन गजल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2025

(१)
कस्ले जित्यो कस्ले हार्यो निचोडका कुरा पछि गरौला
घाउ निको हुन दिनुहोस बिछोडका कुरा पछि गरौला

पैसा नभएर नै घातभएको हो बिस्वासघात भएको हो
माफ गर अहिले हजार छु करोडका कुरा पछि गरौला

किताबको हिसाब मिल्यो जिन्दगीको हिसाब मिल्दै मिल्दैन
अहिले घटाउ र भागमै ब्यास्त छु जोडका कुरा पछि गरौला

स्पस्ट नदेखिने ग्राफ जस्तै हुदा रहेछन भाग्य रेखाहरू
कति काटियो काटियो घुम्ती मोडका कुरा पछि गरौला

के पाए होला ति सीसाको घरमा ढुंगा हान्नेहरुले
सीसा फेरी सकियो तोडफोडका कुरा पछि गरौला।

(२)

के बाँकि रहन्छ र आस गयो भने
तिमीलाई कुर्दा कुर्दै सास गयो भने

सम्झन्छु कहाँ गएर बास बस्नु होला
झुपडीलाई उडाऊँदै बतास गयो भने

हामी धर्ती आकास जस्तै हौं के हुन्छ
यो धर्तीसंग छुटिएर आकास गयो भने

रामायण नलेखिएला केहि त होला
कलीयुगमा मान्छे बनबास गयो भने

म तेहि दिन देखि गजल लेख्न छोडछु
जुनदिन शब्दबाट मिठास गयो भने ।

(३)

उसको भागमा कफी मेरो भागमा चिया छ
मान्छेहरुको पनि आफ्नो आफ्नै दुनिया छ

ति आकासमा उडनेहरू पनि धर्तीमै झर्छन
उडन दिनुहोस न आज पैसा छ रुपिया छ

एक्लोभए कस्लाई याद गरेर रात बिताउ
तिमी मुग्लान पुगौ घरमा रित्तो खटिया छ

आखिर दुबै औजार न हुन भेदभाव किन
तिम्रो हातमा कलम मेरो हातमा हँसिया छ

बस्ने बास र भोक मेटाउने गास छ खुसी छु
कमसेकम आज आमाको
जिउमा फरिया छ।

सर्जक :- शिव पराजुली
ठेगाना :- बेलबारी नगरपालिका वडा नं.११, मोरङ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved