लौन मलाई अन्याय पर्यो, भनेर के गर्नु
बिहान बिउँझिदा सिमाना सर्यो, भनेर के गर्नु ।।
आफ्नै देशमा अन्याय खेप्दै ,हिँडेका मान्छे हामी
अर्काको देशले अन्याय गर्यो, भनेर के गर्नु ।।

मजदुर र कागतीको जीवन, उस्तै उस्तै रहेछ
जन्मेको नै निचोरिन,निचोर्यो भनेर के गर्नु ।।
अदालतमा मुद्दा छ फाँसीमा चढाउने माग सहित
भोलिको फैसला आजलाई,टर्यो भनेर के गर्नु ।।
आफ्नैबाट शोषित हुँदा गुहार्न सकिएको छैन
रावणले रामकी सीता हर्यो भनेर के गर्नु……।।
श्रीराम रानाभाट
पोखरा -२६
हाल दुबई ।










