Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफ्नै किताब केपी ओलीलाई गलपासो, कर्ण थापाले पढ्न सुझाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2025

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ पढ्नका लागि सुझाएका छन् । नेता थापाले तत्कालीन समयमा केपी शर्मा ओलीले लेखेको उक्त दस्ताबेज पढ्नका लागि सुझाएका हुन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने एमालेको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘यस पुस्तक (जबज र पार्टी जीवनको लोकतान्त्रिकरण) लाई सकेजति गहिरिएर पढ्नु। अनि बहस गर्न आउनु । यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रीत होइन, नेपाली विशेषताको समाजवाद बारे हुने थियो । गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन । गाली गरेका भरमा पद पाईदैन कि भन्ने डरले सत्य छोड्न त सकिदैन है ।’

नेकपा (एमाले) को केन्द्रीय समिति बैठकले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा समेत नेता थापाले नोट अफ डिसेन्ट राखेका थिए । नेता थापा भण्डारी राजनीतिमा आउन पाउनुपर्ने पक्षमा छन् ।

‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ मा ओलीले ७० वर्षे उमेर हदको बारेमा प्रश्न उठाएका थिए । एमालेमा अहिले उमेर हद हटाउने विषय चर्चामा रहेको छ । ओली दुई पटक एमालेको अध्यक्ष भइसकेका छन् । विधानतः अब उनी तेस्रो कार्यकाल पार्टी अध्यक्ष हुन पाउँदैनन् । अर्कोतर्फ विधानमा रहेको ७० वर्षे उमेर हद लागू हुने हो भने उनको राजनीति समाप्त हुने अवस्था रहेको छ । आगामी भदौ २० देखि हुने एमालेको विधान महाधिवेशनमा उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने गरी प्रस्ताव लगिने तयारी रहेको छ ।

‘कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भिर समस्याको रुपमा देखापरेको छ । पार्टीमा स्वेच्छिक अबकासको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आबश्यक प्रबन्ध नहुनु आदी कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहाने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोबैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौ वाञ्छित अवाञ्छित प्रयत्नहरु गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध अबैध उपायहरु अबलम्बन गर्ने स्थिति देखा परेको छ । यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्याएको छैन, नेतृत्व परिवर्तनको लागि अस्वस्थ्य होडवाजी, गुटबन्दी र षडयन्त्रमुलक कृयाकलापलाई पनि जन्माउने काम गरेको छ ।

यसले आजको तिब्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानको लागि ठोस र मुर्त प्रबन्धको माग गरिरहेको छ,’– ओलीले लेखेको ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ दस्ताबेजमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved