Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौं उपत्यकामा अझै निषेधाज्ञा १५ दिन थप्ने तयारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2021

काठमाडौं, ५ असार । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ । ‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएका छौं । एकै पटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जाला कि भन्ने चिन्ता छ’, प्रजिअले भने, ‘त्यसैले पनि निषेधाज्ञा हटाई हाल्न मिल्दैन । चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो । पछिल्लो समय निषेधाज्ञामा कडाइ गर्नेभन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर लागेका छौँ ।’

अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यान केन्द्रित भएको उनले बताएका छन् । ‘अहिले पछिल्लो साताको संक्रमणदरको समीक्षा भइरहेको छ । संक्रमणदरको निष्कर्षमा पुगिसकेका छैनौं । अहिले नै यति दिन निषेधाज्ञा थप हुन्छ भनेर भन्न सकिने अवस्था छैन । सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा छौं’, उनले भने ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । प्रजिअका अनुसार अब समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिने कि भन्नेबारे छलफल भइरहेको छ ।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने तयारी छ ।

यसबारे भोलि (आइतबार) छलफल गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारीले बताए । प्रजिअ ले अब केही क्षेत्रमा खुकुलो गरी एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको बताएका छन् । सीसीएमसीको गएको बुधबारको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । यस विषयमा पनि छलफल भइरहेको प्रशासनका अधिकारीहरुको भनाइ छ ।

‘सवारी–साधनको पछिल्लो नम्बरप्लेटको आधारमा चल्न दिने कि भन्ने छ । यसरी पछिल्लो नम्बर प्लेटका आधारमा सवारी–साधन चलाउँदा जोर–बिजोर लागु गरेभन्दा सडकमा सवारी चाप कम हुन्छ । सवारी–साधनको हकमा कस्तो मोडालिटी लागु गर्ने भन्नेबारे टुंगोमा पुगेका छैनौँ । यसबारे पनि भोलि नै निर्णय हुनेछ । पछिल्लो समय जारी गरेको निषेधाज्ञा सकिन अझै दुई दिन बाँकी छ’, काठमाडौंका प्रजिअले भने ।

काठमाडौं उपत्यकामा पछिल्लो पटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved