दिपेश श्रेष्ठ, भक्तपुर। प्राण घातक राेगबाट ग्रसित भई भक्तपुरकाे क्यान्सर अस्पतालमा उपचारार्थ दिक्तेल रुपाकाेट मझुवागढी – १५ माला निवासी तेज बहादुर कार्कीलाई बिजयखर्क मैत्री समाजले आर्थिक सहयाेग सहित स्वास्थलाभकाे कामनाकाे लागि भेट गरेकाे छ।
समाजका संरक्षक भाेला पाेखरेल, समाजका अध्यक्ष देबराज पाेखरेल सहितकाे पदाधिकारीहरुकाे उपस्थितिमा संस्था साथै संस्थामा आवद्ध सदस्यहरुबाट सङ्कलित सहयाेग रकम सहित तेज बहादुरकाे श्रीमती साथै उनका परिवारलाई अस्पतालमा भेट गर्दै स्वास्थ्यलाभकाे कामना गरेका हुन्।

उक्त सहयाेग रकम हस्तान्तरणमा बाेल्दै सम्रक्षक भाेला पाेखरेलले ” हामी राजधानिमा आएर बसेपनि वडाबासि नागरिककाे सहयाेग,सान्त्वना र दुख सुखमा सँगै रहने परिवा हाैँ यसर्थ हामिले दिएकाे सहयाेग रकम भन्दा सान्त्वनाले बिरामि र परिवारलाई राेग वा पिडामा साहस बढाेस भन्ने चाहाना हाे।” भन्नू भयाे।
संरक्षक पाेखरेलकाे हातबाट क्यान्सर पिडित तेज बहादुरकि श्रीमतिलाई संस्था तथा अन्य सदस्यहरुबाट सङ्कलित रकम :
बिजयखर्क मैत्री समाज : २०,०००/
संम्रक्षक : भाेला पाेखरेल : ५,०००/
डि बि कार्की : ५,०००/
टिकाराज श्रेष्ण : ५,५५५/
लाेक बहादुर कार्की : २,०००/
राजेन्द्र ढुँगाना : २,०००/
युबराज कटवाल : ५,०००/
तेजकुमार राई : २,०००/
सुधिर खनाल ( झापा ) : ५,०००/
चञ्चल पाेखरेल : ४,०००/
कृष्ण प्रसाद ढुँगाना : २,०००/
गरि जम्मा ५७,५५५/ हस्तान्तरण गरिएकाे हाे।
क्यान्सर पिडित कार्कीलाई सहयाेगकाे लागि ” सुचना चाैतारी डट कम” बाट अपिल सहितकाे समाचार सम्प्रेषण गरिए पश्चात् उक्त मैत्री समाजले भेटघाट तथा आर्थिक सहयाेग जुटाएका हुन्। क्यान्सर पिडित तेज बहादुरकाे लागि ” सुचना चाैतारी डट कम ” सहयाेगकाे लागि पुन: आह्वान गर्दै शिघ्र स्वस्थ्य लाभकाे कामना गर्दछौं ।










