उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चौदण्डीगढीमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ ।
रास्वपाप्रति जनलहर छाएको भन्दै उत्साहित हुँदै अहिले चौदण्डीगढीमा संगठन विस्तारलाई तीव्रता दिइएको हो ।

१ वर्षअघि चौदण्डीगढीको ६ नं. वडामाबाहेक अन्य वडाहरुमा संगठन विस्तार हुन सकेको थिएन । तर, अहिले २,४,५,७,९ र १० नं. वडाहरुमा वडा समिति गठन भएको पार्टीका नगर अध्यक्ष रमेश बिष्टले बताए ।
अध्यक्ष बिष्टका अनुसार २ नं. वडामा गणेश बस्नेत, ४ नं. वडामा रविन रामदाम र ४ नं. वडा गजेन्द्र खत्रीको नेतृत्वमा वडा समितिहरु गठन भएको हो ।
निर्वाचन क्षेत्रका सचिव जनक बिष्ट र नगर अध्यक्षको सक्रियतासँगै १ नं. प्रदेशका कार्यबाहक प्रवक्ता प्रकाश अधिकारीको प्रमुख उपस्तिथ्यतामा वडा सम्मेलनहरु सप्पन्न भएको युवा नेता जनक बस्नेतले बताएका छन् ।
अन्य तीन वटा वडाहरु १, ३ र ८ मा पनि वडा सम्मेलनको मापदण्ड पुरा भएकोले सो वडाहरुमा पनि एकदुई दिनमै सम्मेलन गर्ने नेता बस्नेतले बताएका छन् ।










