विराटनगर । काेशि प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई हाल प्रदेशका सबैभन्दा सक्रिय र लोकप्रिय नेताका रूपमा चिनिँदै गएका छन्। नेपाली कांग्रेसबाट राजनीतिमा स्थापित राईले आफ्नाे कार्यकुशलता र जनमुखी कामकाे कारण जनताको मन जित्न सफल भएका छन्।
भुपेन्द्र राईको राजनीतिक यात्रा सङ्गठित कांग्रेस राजनीतिबाट सुरू भएको हो। विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहमा काम गर्दै आएका राई पार्टीभित्र इमानदार, स्वच्छ छविका र नीतिगत नेताको रूपमा परिचित छन्। उनी नेपाली कांग्रेसकाे स्थानीय तहदेखि केन्द्रीय तहसम्मको राजनीतिमा राम्रो पकड राख्ने नेतामा पर्छन्।

मन्त्री पद सम्हालेपछि उनले पूर्वाधार विकास र स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै दर्जनौँ योजनाहरू अघि बढाएका छन्। विशेषतः दुर्गम भेगहरूमा सडक, पुल, खानेपानी तथा स्वास्थ्य चौकी निर्माणको काम तिव्र गतिमा भइरहेको छ।
विराटनगरको ट्राफिक जाम न्यूनीकरणका लागि ‘रिङ रोड’ योजना अगाडि सारिएको छ। त्यस्तै, मोरङ, सुनसरी र इलामजस्ता पहाडी तथा तराई जिल्लामा आवश्यक अस्पताल स्तरोन्नति, एक्सरे मेसिन, डायलाइसिस सेवा र एम्बुलेन्स सेवा विस्तारजस्ता कामहरू प्रभावकारी रूपमा अघि बढाइएका छन्।
भुपेन्द्र राईले ‘काम गरेर देखाउने’ शैलीमा राजनीति गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। उनले एक अन्तर्वार्तामा भनेका थिए, “राजनीति जनताको सेवा गर्ने माध्यम हो, सत्ताको स्वाद चाख्ने होइन।” यसै प्रतिबद्धताअनुसार उनले मन्त्रालयका कामहरूमा पारदर्शिता, अनुगमन र गुणस्तरमा जोड दिएका छन्।
जनस्तरमा मन्त्री राईको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ। सडक बिस्तार, गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने प्रयास र समयमै योजना सम्पन्न गर्ने उनकी कार्यशैलीले जनतामा आशा जगाएको छ।
उनले देखाएको इमानदारिता, कामप्रतिको लगाव र भविष्यमा अझ प्रभावकारी योजना कार्यान्वयन गर्ने दृढताले प्रदेश १, अर्थात् अहिलेकाे काेशि प्रदेश, विकासको गतिशील यात्रातर्फ अघि बढिरहेको छ।










